imageक्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु

६ चैत २०७२, काठमाडौं । काठमाडौं उपत्यकाकेन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु भएको छ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पशुपति क्षेत्रमा सरसफाई कार्यक्रमको उद्घाटन र सरसफाईमा सहभागी भई अभियानको थालनी गर्नुभएको हो ।

यो अभियान काठमाडौं उपत्यकामा २४ सातासम्म चल्ने सम्वन्धित स्रोतले बताएकोछ।  । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सबै क्षेत्रहरुमा सरसफाई अभियान चल्नेछ ।