lllllमुम्बई, आफ्नो पहिलो बलिउड फिल्म फूल और काँटेमा मोटरसाइकल स्प्लिट स्टन्ट गरेर अजय देवगनले एक्सन हिरोको सूचिमा आफ्नो दर्ज गराएका थिए। त्यसपछि आएका कैयौं फिल्ममा उनलाई एक्सनको हिरोको रुपमा दर्शकले देख्न पाए।
 

अजय देवगन बलिउडका त्यस्ता विशेष कलाकार हुन् जो आफ्नो स्टन्ट आफैँ गर्छन्। नयाँ फिल्म शिवायको सुटिङका क्रममा उनी त्यस्तै स्टन्ट दिने क्रममा ठूलो दुर्घटनाबाट जाेगिएका छन्।

बुल्गेरियाको सोफियामा एउटा भिडभाडपूर्ण सडकमा शिवाय फिल्मको सुटिङ भइरहेको थियो। अजय कारको बोनटमा सवार थिए। फिल्मको एक्सन दृश्यमा कैयौं कारहरु एकपछि अर्को गर्दै तीव्र गतिमा दौडिरहेका थिए। फिल्म युनिटले बाँकी ट्राफिक रोकेका थिए। त्यही बेला अचानक एउटा कारण हुइँकिँदै अायाे। र अजय सवार कारमा बजारियो। अजय सवार कार क्षतिग्रस्त हुन पुग्यो।

दुर्घटना निकै ठूलो थियो। तर फिल्म निर्माणकै एक सदस्यले तत्काल अजयलाई बचाउन सफल भए। अजय सवार रहेको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको छ। दुर्घटना लगत्तै अजय नयाँ दिल्ली फर्किएका छन्। उनको अवस्था सामान्य भएको बताइएको छ।

– Sources: Agencies