12922355_964665330268280_1738899492_o

अनोज रोक्का
३ अप्रिल २०१६, हङ्कङ नेप्लिज तेक्वान्डो एसोसियसनले खुल्ला ओभरअल तेक्वान्डो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गरेको छ ।
स्थापनाकालको १४औ बार्षिकी मनाउँने क्रममा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । हङ्कङ स्थित कौलन पार्कको स्पोर्ट सेन्टरमा सम्पन्न प्रतियोगितामा नेपाली, चाईनिज, ईन्डोनेसियन, फिलिपिनी, ईन्डियन लगायत १६ वटा क्लवका ६०० जना प्रतियोगीेहरु सहभागी थिए । विभिन्न चरणमा सम्पन्न प्रतियोगितामा मास्टर होमप्रसाद गुरुङ्को समुह ‘फोरेनर हङ्कङ तेक्वान्डो एसोसियसन’ प्रथम, मास्टर रविनकुमार नाल्वोको समुह ‘एभरेष्ट तेक्वान्डो एसोसियसन’ दोश्रो, मास्टर दिल गुरुङ्को समुह ‘युनिटी तेक्वान्डो एसोसियसन’ तेश्रो भएका छन् ।बिजयी खेलाडीहरु तथा संस्था प्रमुखहरुलाई उपस्थित अतिथि, प्रमुख अतिथिहरुले मेडल, प्रमाणपत्र, ट्रफि वितरण गरेका थिए ।  विदेशी भूमीका नेपालीहरु विषेश गरि युवा पुस्ता र बालबच्चामा स्वास्थ्य, अनुशासन र गतिशिलताको ज्ञान प्रदान गर्न पनि खेलको विषेश भूमिका रहेकाले यस्ता कार्यक्रमहरुको आयोजना गर्नु परेको आयोजक संस्था हङ्कङ तेक्वान्डो एसोसियसनका प्रमुख प्रशिक्षक एवंम हङ्कङ नेपाली तेक्वान्डो संघका अध्यक्ष “ग्राण्ड मास्टर” तुलसीकुमार गुरुङ् बताउँछन् ।

अन्र्तराष्ट्रियरुपमा आयोजित यस्ता प्रतियोगिताले फरक कला, कौशल, भाषा र संस्कृति अध्ययन गर्न सहज हुने साथै यसले नेपालीलाई अन्र्तराष्ट्रिय मैदानमा आफ्नो कौशल प्रर्दशन गर्नका सहज वातावरण निर्माण गर्ने उनको तर्क छ ।
                                                                                                                                                                                                                                               हङ्कङ

12922191_964665223601624_419474393_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *