• किसोर श्रेष्ठ

    धन भएर मन नभएका मान्छेहरु यो समाजमा प्रशस्त नै होलान् । धन भएर मन13100981_981710681897078_579649403_n हुनेहरुको संख्या पनि केही हदसम्म समाजमा भेटिन्छन् जो अरुको दुःखमा सारथी बन्न चाहन्छन् । आफ्नो केही सहयोगले अरुको अरुको पिर मर्का र समस्या हल गर्न तत्पर रहन्छन्, यस्तै एकजना व्यक्ति हुन्, मोरङ उर्लाबारी निवासी भोलामान श्रेष्ठ ।

    गरीव तथा विपन्न वर्गका व्यक्तिहरुको पिर मर्का र समस्यालाई आफ्नै ठानेर सहयोगी भावना राख्ने उनी आर्थिक हिसावले सामान्य नै भएपनि मनको सम्पन्नताको चुलीमा छन् । स्थानीय स्तरका सामाजिक कार्यहरुमा सदैव अग्रसर रुपमा लाग्दै आएका उनलाई यस क्षेत्रको परीचित समाजसेवीका रुपमा समेत चित्रण गरिएको पाईन्छ । यस क्षेत्रमा मन्दिर ,संघ संस्था र विकास निर्माणका पूर्वाधारहरु सायदै होलान् जहाँ उनको सहयोग नरहेको होस् । तर, उनलाई साथ दिने अन्य विभिन्न राजनीतिकदलका समाजसेवीहरु भएर पनि उनले आफूलाई अग्रपंतीमा देखाउन सफल भएका हुन् ।

    २०१४ साल बैशाख १३ गते पूर्वी पहाडी जिल्ला धनकुटा स्थित ६ नम्बर बुधबारेमा बुबा देवेन्द्र कुमार श्रेष्ठ र आमा टीका श्रेष्ठका जेठा सन्तानका रुपमा उनको जन्म भएको थियो । २०३३ सालमा स्थानीय श्री शारादा माध्यामिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका उनले आई. ए. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । बुबा देवेन्द्र कुमार श्रेष्ठ त्यस समय ६ नम्बर बुधबारेका प्रधानपञ्चका रुपमा कहलिएका थिए । आर्थिक हिसावले सम्पन्न परिवारमा जन्मेका उनी सानैदेखि समाजसेवाप्रति लगाभ राख्थे । दुःखमा परेका मानिसलाई सकेको सहयोग गर्न सक्दा बेग्लै किसिमको आनन्दको आभाष हुन्थ्यो, उनमा । पहाडबाट तराई झर्ने क्रममा उनको परिवार २०३३ सालमा मोरङको उर्लाबारी बसाई सर्याे ।

    उर्लाबारी बस्ने क्रममा सुरुका दिनमा धान चामल खरीद तथा विक्री गरेका उनले फर्निचर ,कपडा पसल हुँदै हल संचालनको समेत अनुभव लिए । २०४५ सालमा उर्लावारी व्यापार संघको संस्थापक सदस्य बनेका उनी ०६४ देखि ०६८ सम्म दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरे । ४५ सालमा उर्लावारी रेक्रडसको आजिवन सदस्य बनेका उनि उर्लावारी जेसीजको संस्थापक सदस्य हुन् । ईन्द्रेणी मिडियाका अध्यक्ष ,त्यसैगरी लायन्स क्लव अफ उर्लाबारीको संस्थापक अध्यक्ष पनि हुन् । स्थानीय प्रतिष्ठित संघसंस्थामा रहेर अनुभव लिएका उनले त्यसका विकास निर्माणमा आर्थिक देखि लिएर भौतिक सहयोग समेत गर्दै आएका छन् ।

    उर्लाबारी जेसीजलाई केही वर्ष अघि मात्र १० धुर जग्गा भवन निर्माणका लागि सहयोग गरेका उनले केही दिन अगाडि १ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । यसका अलवा उर्लाबारी २ मा रहेको ओम शान्ति भवनको छत ढलाईका निम्ति ३ लाख , उर्लाबारी ४ मा रहेको देवीस्थान मन्दिरलाई २ लाख ५० हजार ,उर्लाबारी ३ मा रहेको महारुद्र शिवालय मन्दिरलाई १ लाख , सशस्त्र भवन निर्माणमा ५० हजार , उर्लाबारी ४ मा निर्माणको क्रममा रहेको राधाकृष्ण मन्दिरलाई ५१ हजार लगायत अन्य संघ संस्था, मन्दिरलाई आर्थिक सहयोग गरेका छन् । त्यसैगरी उनले यस वर्षदेखि उर्लावारीमा रहेर सामाजिक कार्य गर्दै आएको भिजन फाउन्डेशन नेपाललाई वार्षिक २० हजार र जाडोका समयमा न्यानो कपडा वितरण गर्दै आएको र न्यानो अभियानलाई १० हजार दिने घोषण गरेका छन् । २०६२ सालमा मावा खोला बस्तीमा पस्दा खोला तटबन्धको सचिवमा रहेर बाँध निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    हाल उर्लावारी नगरपालिका पूर्वाधार निर्माण समितिको अध्यक्ष रहेका उनले यस क्षेत्रलाई सबै सामू चिनाउने उदेश्य सहित चोकमा राउन्ड अवार्डको निर्माण कार्यमा अग्रणी भूमिका निर्वाह गरेका थिए । १ छोरा १ छोरी गरी २ सन्तानका बुबा उनले समाजसेवामा लाग्न श्रीमती नर्वदा श्रेष्ठको बलियो साथ र सहयोग पाएका छन् । सन्तान प्रतिकोे जिम्मेवारी आफूले पुरा गरेको उनी औंल्याउँ छन् । हाल अमेरीका रहेका छोरा निरजले ईन्जिनियरीङ सकेको र छोरी मेघाले एमविविएस सम्मको अध्ययन पुरा गरेकोले अव सन्तानको भविष्यको चिन्ता नरहेकाले पनि समाजसेवामा खुलेर लाग्ने हौसला मिलेको उनको तर्क छ । पछिल्लो समय सामाजिक कार्यमा यूवाको सक्रियता देखेर खुसी लाग्ने गरेको उनी बताउ छन्,– भन्छन,– देशको जुनसुकै क्षेत्रमा यूवाको सहभागीता रहनु जरुरी छ । केही समय यता सामाजिक कार्यमा यूवाको सक्रियता देख्दा खुसी लागेको छ । यसले निरन्तरता पाउने हो भने समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । सामाजिक कार्य गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको हितमा लाग्नू पर्छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत रहेका उनि पार्टीले सहयोग गरेको खण्डमा आगामी उर्लाबारी नगर मेयरको निर्वाचनमा उम्मेद्वार बन्ने चाहना रहेको बताउँछन् । शासन गर्न नभएर सहयोगी बन्ने साोचका साथ आफूले मेयरका लागी ईच्छा राखेको उनको तर्क छ ।

    जानी नजानी सानैदेखि समाजसेवा प्रति लगाव राख्दै समाजसेवामा होमिएकोे र यसमा नै जीवनको सार्थकता खोजी रहेको उनको तर्क छ । भन्छन्, “जीवनको सार्थकता खोज्ने प्रयासमा भोलि जीवनको उत्तराद्रमा आफैँलाई प्रश्न गर्दा आफैँले उत्तर दिन सकियोस् । मैले समाजलाई के दिन सकेँ भन्ने कुराको उत्तर आफैँ पाउनुपर्छ भन्ने लागेको छ ।” भविष्यमा यस्तो गर्छु भन्ने ठ्याक्कै भन्न त सकिँदैन तर केही न केही नयाँ काम गर्ने, ईमेजको फ्रेममा आफूलाई उभ्याउने चाहना छ ।13149976_981710831897063_328539835_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *