imageमकाउमा कुखुराको मासुमा एभिएन ईन्फ्लुन्जा – H7 भाईरस ३ जनालाई हॉस्पिटलको….

५ फेब्रुवरी २०१६, मकाउ, मकाउ स्वास्थ्य विभाग ( एस एस एम ) सुचना प्रकाशित गरि ईन्फ्लुन्जा – H7 देखा परेको जानकारी गराएकोछ ! स्थानीय पटाने नगरपालिकामा रहेको ‘ फातकाई’ अस्थाई पउल्ट्री स्टलमा रहेको कुखुरालाई ल्याव टेष्ट गर्दा भेटिएको हो!
स्वास्थ विभागको जानकारी अनुसार उक्त स्थानीय ३ जना मासु व्यपारीवाई स्वास्थ्य परिक्षण गर्नकोलागि विशेष निरिणक्ष कोठामा १० दिनकोलागि राखिएकोछ।

स्थानीय वजारमा चाईनाको ग्वाङडोङ प्रोभिन्सवाट आयात गरिएको कुखुराको मासुमा H7 ईन्फ्लुन्जा भाईरस भेटिएपछि स्वास्थ्य संवेदनसिलतालाई मध्यनजर गर्र्दै सम्पूर्ण जिवित पउल्ट्री व्यपारीहरुलाई समेत बिशेष जानकारी गराएको थियो ।
मकाउ सरकारले आगामी बुधवार सम्मकोलागि जीवित पउल्ट्री वेच्नलाई निषेध गरेकोछ। गत विहिवार स्थानीय सरकारी मिडियाले TDM ले फातकाई पउल्ट्री फर्मको छोरालाई उद्रित गर्दै दिएको जानकारी अनुसार अन्य सहर जुहाई , सोङसानवाट पनि आयात गरेको बताएकोछ।
चाईनिज नयावर्षको मुखमा मासुको अभाव हुन नंदिन स्थानियहरुको समस्यालाई संवोधन गर्दै ICAM कमिटी सदस्य उङ साउ होङले मिडियककर्मीहरुलाई आईतवारबाट मात्र जिवित पउल्ट्री ख़रीद गर्न सम्भव हुनेकुरा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *