लण्डन । धावक मीरा राईलाई बेलायतमा सम्मान गरिएको छ । बेलायतमा रहेका नेपालीहरुले एक विशेष समारोह आयोजना गरेर रार्इलार्इ सम्मान गरेका हुन् ।

उनलाई २० हजार पाउण्ड (करिब ३२ लाख नेपाली रुपैयाँ) सहित सम्मान गरिएको हो ।

राई युरोपका फ्रान्स, बेलायत, स्पेन, इटली लगायतका देशहरुमा आयोजना हुने प्रतियोगितामा भाग लिन जाने सिलसिलामा बेलायतबासी नेपालीहरुले उनको सम्मानमा कार्यक्रम आयोजना गरेका हुन ।

किरात राई योयोक्खा बेलायत, सगरमाथा तेक्वान्डो डोजागं, नेपाली युथ, जेन मार्सल आर्टस र भोजपुर सेवा समाज लगायतका संस्थाहरुको संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । उक्त कार्यक्रममा राई प्रमुख अतिथिको रुपमा सहभागी भएकी थिइन । राईले विश्व अल्ट्रा म्याराथन दौड विधामा दोस्रो स्थान हासिल गरिसकेकी छन् भने स्काई रनरको उपाधि पनि पाएकी छन् ।

एनआरएन युकेको अध्यक्ष मछिन्द्र गुरुङ विशेष अतिथि रहेको उक्त कार्यक्रममा दर्जनौ संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

राईलाई सम्मानका लागि किरात राई यायोक्खाले पाँच हजार पाउन्ड (करिब आठ लाख नेपाली रुपैयाँ) सहयोग गरेको थियो । त्यसैगरी, राईको सम्मानका लागि एनआरएन युके, याक्थुम चुम्लुङ्ग, याक्खा छुम्मा, सुनुवार समाज, तमुधी, मगर संघ, शेर्पा एसोसिएसन, भोजपुर सेवा समाज, खोटाङ्ग सेवा समाज, धरान सेवा समाज, फल्कस्टोन नेपाली कम्युनिटी, सगरमाथा नेपाली कम्युनिटी, क्यान्टरबुरी नेपाली कम्युनिटी, मेडस्टोन नेपाली कम्युनिटी, गोर्खा नेपाली कम्युनिटी मिडवे लगाएत गोर्खा पल्टन लगायत जुटेका थिए ।

कार्यक्रममा किरात राई यायोक्खा बेलायतका अध्यक्ष पदम राईले स्काइ रनर चेलीलाई बेलायतमा सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।image image