image

उर्लाबारी,मोरङ, पाँचौ मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०७३ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूद मन्त्री सत्यनारायण मण्डलले गर्ने आयोजकले जनाएको छ । उर्लाबारी–६ स्थित प्रस्तावित सालबारी रंगशालामा हुने खेलमा यस पटक आयोजक, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चर्च व्वाइज युनाइटेड, राष्ट्रिय जागृति क्लब सुनसरीका साथै कञ्चनजंघ फुटबल क्लब दार्जिलिङ र वीआरसी भुटानको सहभागिता रहनेछ।

मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने गोल्डपकमा राष्ट्रिय खेलकुद परिषद, मदन भण्डारी स्पोर्टस् एकाडेमी, अखिल नेपाल फुटबल संघ, क्षेत्रीय फुटबल संघ, उर्लाबारी, दमक, पथरीशनिश्चरे, लेटाङभोगटेनी नगरपालिका, जिविस मोरङ, जिल्ला खेलकूद विकास समिति मोरङ र नगर खेलकूद विकास समिति उर्लाबारीको विशेष सहयोग रहने आयोजक समितिका सहसंयोजक भूपाल जिमीले बताए । जननेता मदन भण्डारीको युवा शक्तिको सकारात्मक परिचालन, स्वास्थ्य र सबैका लागि खेल सम्बन्धि विचारलाई आत्मसाथ गर्ने नीतिलाई अबलम्बन गर्दै विगत ५ वर्षदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक समितिका सदस्य सचिव रूद्र बहादुर तामाङले बताएकाछन। 

 प्रतियोगिता सम्पन्न गर्नका लागि स्थानीय व्यवस्थापनको जिम्मा सालबारी एकता क्लब र युवा सामाजिक सेवा समितिलाई दिइएको जनाइएको छ । यसबर्ष गोल्डकप विजेताले २ लाख २ हजार २ सय र उपविजेताले १ लाख १ हजार १ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दैनिक म्यान अफ दि म्याच र विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने छ । यसैबीच, आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानले विभिन्न राष्ट्रिय खेलाडीसहित स्थानीय खेलाडीलाई मैदानमा उतार्ने भएको छ । आयोजक टिमबाट चर्चित स्ट्राइकर कर्ण लिम्बूसहित दीपक राई, विजय धिमाल, बिक्रम लिम्बू, देवेन्द्र तामाङ, अनन्त तामाङ, सौलेन लिम्बू, संगीत पाँचकोटी, बुद्ध चेम्जोङ, सन्तोष न्यौपाने, विदुर रिजाल, हेमन्त थापामगर, किशोर गिरी, योगेश गुरूङ खेल्ने भएका छन् । प्रतियोगिता अन्तर्गत सोमबारको उद्घाटन खेल आयोजक र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुने भएको छ । imageimage

Leave a Reply

Your email address will not be published. Required fields are marked *