imageअनोज रोक्का

“फेरि मेरो अर्का दिन त्यसरी नै बित्यो, पुरै दिन तिम्रो बारे सोची सोची बित्यो” भन्दै रोमान्स गरिरहेका थिए रियल जोडी हरिहाङ् तिगेला र मिरा कार्की, प्रशङ् हो म्युजिक भिडियोको ।

शुवानी मोक्तानको स्वर हरिहाङ्को रचना र संगितमा तयार पारिएको गितको भिडियो सार्वजनिक भएको छ । उज्जवल जोशीको छायाङ्कनमा तयार पारिएको भिडियोलाई सूर्य लामाले निर्देशन गरेका हुन् ।

तमोर नदिको रमणीय दृश्य र काठमाडौको बौद्ध आसपासमा खिचिएको भिडियोलाई ब्लाक पिक प्रडक्सन मार्फत सार्वजनिक गरिएको छ ।

हङ्कङमा बसोबास गरिरहेका रियल जोडी हरिहाङ् र मिराले पहिलो पटक भिडियोमा अभिनय गरेका हुन्, वास्तविक जीवनमा झै भिडियोमा प्रेममय दृश्य दिन निकै सजिलो भएको बताउँछन् हरिहाङ् भन्छन्– “भिडियोले विवाह अघिको प्रेमलाई पूर्नेताजगी गरेको छ ।”

क्लासीक पप शैलिमा तयार पारिएको गितको थिम अनुसार नै भिडियो बनेकाले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएको छ, यसले हामीलाई अझ उत्साहित बनाएको छ, उनी थप्छन् ।image

Leave a Reply

Your email address will not be published. Required fields are marked *