_20160518_002511

अनोज रोक्का
गायक स्वरुपराज आर्चायले गाएको गित “म मरे भने” बोलको भिडियो सार्वजनिक भएको छ । चलचित्र र सुगम संगितको क्षेत्रमा उत्कृष्ट स्थान बनाउँन सफल गायक एवं संगितकार टंक बुडाथोकीको संगितमा तयार पारिएको गितलाई पदम सापकोटाले लेखेका हुन् । हरेन्द्र खत्रीको निर्देशनमा तयार भएको भिडियोमा पारिवारिक कथालाई समेट्न खोजिएको छ । मृत्यु प्राकृतिक कुरा हो, तर अल्पायु मै मनभित्र मृत्युका संकेतहरु देखिए पछिको कथालाई मार्मिक ढङ्ले भिडियोमा प्रस्तुत गरिएको छ ।राजन गुरागाई, करुणा आरोही सापकोटा लगायतको अभिनय रहेको भिडियो सुमन योञ्जनले खिचेका हुन् । युटयुब बाट सार्वजनिक गरिएको भिडियोलाई शिशिर बुडाथोकीले सम्पादन गरेका हुन् । छोटो समयमा नै भ्युवर्स बढाउँने सफल भिडियोबाट दर्शक श्रोताको मन जित्नेमा ढुक्क छन् संगितकार बुडाथोकी ।

_20160518_002444

भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *