received_990445297690283१८ मे,,२०१६

विभिन्न सामाजिक कार्यसँगै आफ्नो व्यवसायमा समेत सक्रिय युवा हुन्, राजु लामा । बैदेशिक रोजगारीका लागि २०६२ सालमा दुवई र २०६७ मा युके पुगेका उनी त्यहाँको दुःख र कष्टबाट आजित हँुदै आफ्नै देशमा सामाजिक कार्य एवम् ब्यापार व्यवसाय गर्ने सोचका साथ स्वदेश फर्किए । पछिल्लो समय यस क्षेत्रका सामाजिक कार्यहरुमा सक्रिय संस्था भिजन फाउन्डेशनका अध्यक्ष समेत रहेका उनले फर्किए लगत्तै २०७१ सालमा अर्का स्थानीय युवा सुमन राईसँग मिलेर ६० लाख रुपैयाँको लागतमा लाईट हाउस व्यवसाय संचालन गरे । झापाको दमकमा बुलेट मोटर साईकलको शोरुम, उर्लाबारीमा छिरिङ ट्राभल्स एण्ड टुर्स र पाल्मो ईन्टरप्राईजेज समेतको संचालन गरेर पैसा कमाउनका लागि विदेश जानैपर्छ भन्ने मान्यतालाई तोडेका छन् ।

received_990445301023616

उनले बताए, ‘पैसा कमाउनकै लागि केही सीप सिकेर सवैले आफ्नै गाउँठाउँ र देशमै पसिना बगाउने हो भने सुनमात्रै हैन हिरा समेत यही माटोमा फलाउन सकिन्छ ।’

लामाका अनुसार परिवारसंगै बसेर सेवा र पैसा दुवै पाउँदा ज्यादै खुसी लाग्छ । कुराकानीका क्रममा उनले पैसा कमाउनकै लागि कहिल्यै विदेश नजाने अठोट पनि ब्यक्त गरे । उनी अरुलाई पनि लहैलहैको भरमा विदेश नजान सल्लाह दिन्छन् ।

किशोर श्रेष्ठ, उर्लाबारी 

received_990445294356950

Leave a Reply

Your email address will not be published. Required fields are marked *