फाईल तस्बिर
फाईल तस्बिर

२२ जुलाई, २०१६

यस बर्षको बोलबम पनि आजबाट शुरु भएको छ ।पिण्डेश्वर बाबा धामको महिमा तथा पिण्डेश्वर बाबाधाम समितिले मुलुकमा आन्दोलन, नाकाबन्दी लगायतका कार्यक्रम नभएकोले बोलबम भक्तजनहरुको संख्या यसपटक विगतको भन्दा बढ्ने अनुमान पिण्डेश्वर बाबाधाम समितिले गरेको छ । अघिल्लो बर्ष चार हप्तामा ४ लाख भक्तजन आएको बताउने समितिले यसपटक ५ हप्प्ता सोमबार परेकाले ७ लाख भन्दा बढी भक्तजनहरु आउने अनुमान समितिले गरेको छ ।

अघिल्लो बर्ष देशमा भएको विषम परिपस्थितिसंगै आन्दोलन, धर्ना जुलुस लगयतका कार्यक्रमहरु नियमित हुने गरेकाले भक्तजनहरु बढ्ने अपेक्षा समितिको छ । यसपटक भक्तजनहरुलाई सुरक्षाको प्रत्याभुति, विरामी भक्तजनहरुको लागि उपचारको सुविधासंगै भीड नियन्त्रणका लागि स्वयमसेवक समेत परिचालन गरिने भएकोले भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखिएको समितिका सचिव जयन्त गौतमले बताउनुभयो ।

उहाले धरानमा लोडसेडिडका समयमा बेलुकी १२ बजेदेखि नै जेनेरेटरबाट बत्ती बालिने प्रावधान मिलाइएको समेत जानकारी दिनुभयो । यता भक्तजनहरुले समेत विगतको भन्दा पिण्डेश्वर धाममा व्यवस्थित बनाइएको बताएका छन् । उनीहरुले नया संविधान निर्माण संगै देशमा उमंग थपिएकोले यस पटकको बोलबममा सहभागी हुनु अत्यन्तै सुखदायी महसुस हुने भक्तजनहरुको भनाई छ । बोलबममा युवा, युवती, महिला, वृद्धावृद्धाहरुको समेत उल्लेख्य उपस्थिति हुने गरेको छ । केही समय अगाडि मनोरञ्जनका लागि बोलबम जाने युवायुवतीहरु चेतनाको विकाससंगै आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले बोलबम गएको बताउदै आएका छन् ।

४ दशक अगाडि ५ जना धरानका व्यवसायी, तथा समाजसेवीहरुले चतराको सप्तकोशीबाट जल ल्याई चढाउन शुरु गरेको बोलबममा अहिले पूर्वाञ्चल लगायत भारतबाट समेत गेरु बस्त्रमा सप्तकोशीबाट पानी ल्याई धरानको पिण्डेश्वर बाबाधाममा चढाउनेको संख्या प्रत्येक बर्ष वृद्धि हुदै गएपछि यसको व्यवस्थापनमा समेत सुधार गर्दै
लगिएको हो । विगतमा सौचालयको अभावमा बोलबम भक्तजनहरुले मन्दिर आसपासमा यत्रतत्र सोच गर्ने प्रचलन बढ्दै गएपनि गत बर्ष समितिले थप शौचालय निर्माण
गरेको थियो ।

समितिले बोलबम भक्तजनहरुले स्वेच्छाले दिएको दानबाट समितिका सम्पूर्ण भौतिक पूर्वाधारसमेत निर्माण तथा मर्मत गरिने गरेकोे छ । सोही दानबाट यो बर्ष ५ वटा सुविधा सम्पन्न टहरासमेत निर्माण गरिएको समितिका सचिव गौतमको भनाई छ ।

गोविन्द बस्नेत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *