received_1037580529643426

२९ जुलाई, २०१६

 प्रेस सेन्टर नेपाल मोरङ शाखाले शुक्रबार हुने तेस्रो जिल्ला सम्मेलनमा दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
संगठनले स्थापना गरेको मोहन खनाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नबराज कट्टेल र लक्ष्मी फुयल ग्रामिण पत्रकारिता पुरस्कारबाट पत्रकार मोहन भट्टराईलाई पुरस्कृत गर्ने भएको हो ।

संगठनले गठन गरेको पुरस्कार छनौट समितिले जनविद्रोह दैनिकका सम्पादक कट्टेल र कुरकुरे साप्ताहिकका सम्पादक भट्टराईलाई पुरस्कृत गर्ने सिफारिस गरेको हो । सेन्टरले पुरस्कृत व्यक्ति छनौट गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालको संयोजकत्वमा संगठनका संयोजक विनोद घिमिरे र एकराज फुयल सदस्य रहेको छनौट समिति गठन गरेको थियो ।

माओवादी विद्रोहको समयमा राज्यपक्षबाट हत्या गरिएका तत्कालिन जनविद्रोह साप्ताहिकका सम्पादक मोहन खनालको स्मृतिमा तत्कालिन क्रान्तिकारी पत्रकार पत्रकार संघ मोरङले मोहन खनाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको थियो । यस्तै माओवादी विद्रोहकै समयमा राज्यबाट हत्या गरिएका मोरङ बयरबन निवासी लक्ष्मी फुयलको स्मृतिमा उहाँको परिवारले प्रेस सेन्टर मातहत रहनेगरी ग्रामिण क्षेत्रको पत्रकारितामा सक्रिय रहने पत्रकारलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *