12308839_439984336199307_1702289025950869723_n

९ फेब्रुअरी, २०१६

खेल मार्फत नेपाल र नेपालीको पहिचान विश्वब्यापी बनाउँनका लागि हिमालय किङ्डम नेप्लिज फेडरेसन बडिबिल्डिङ एण्ड फिटनेसले हङ्कङ्मा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।

अप्रिल १४, २०१३ मा स्थापना भएको यस संस्थाले शुरुवाती बर्ष देखी नै सफलताको स्वाद सँगै अन्तराष्ट्रिय स्तरमा नेपालीको झन्डा फहराउँन सफल भएको छ ।

संस्थाको शुरुवाति बर्षमै मे २०१३ मा संस्थाले फिलिपिन्समा भएको सातौ प्यासिफिक अन्तराष्ट्रिय बडि विल्डिङ्मा सहभागिता जनाएको थियो जहाँ किशोरकुमार पुनले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

पुरस्कारको भागिदार नभए पनि नेपालले अन्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिस्पर्धा जनाएको थियो । १४ अगस्टमा भएको अर्का अन्तराष्ट्रिय स्पर्धामा नेपालबाट श्याम श्रेष्ठ, राम दाहाल र मकाउबाट अनिलकुमार थापा, हङ्कङ्बाट बिश्वबहादुर थापा, मनिष लिम्वु र सिन्दि राईले सहभागिता जनाएका थिए । जसमा राम दाहालले फस्ट रनर अपको उपाधि जिते ।

आजको यो स्थान सम्म आईपुग्नका लागि हिमालयले निकै नै अप्ठयारा घुम्ति र मोडहरुको सामना गर्नु परेको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त गर्नका लागि अन्तराष्ट्रिय स्तरमा नै उत्कृष्ट स्पर्धामा उत्रन सफल यस संस्थाले विगतमा गरेका प्रर्दशन र प्राप्त सफलताले नै आजको उप्साह प्रदान गरेको हो । 

  • १९÷२२ जुन २०१४ मा ४८ औ एसियन बडि विल्डिङ् फिटनेस च्याम्पियनसिप क्लोम्बो श्रीलंकामा किशोरकुमार पुनले पहिलो एसियन च्याम्पियनसिपमा सहभागिता जनाउँनु भएको थियो र मास्टर ४० बर्षभन्दा माथिको तौलमा ४औ हुन सफल हुनुभएको थियो ।
  • २२÷ २३ जुलाई २०१४ मा अन्तराष्ट्रिय निमन्त्रणा च्याम्पियनसिप हङ्कङ् बाट र मकाउबाट बोध खड्का, नविन गुरुङ्, प्रकाश राई, र हङ्कङबाट बिकास थापा सहभागिता रहेका थिए । जहाँ नविन गुरुङ्ले ७५ केजि तौल समूहमा ४औ स्थान र विकास थापाले २१ बर्ष मुनि समूहमा फस्ट रनरअप हुनुभएको थियो ।
  • ५÷ ८ जुन २०१५ मा १९ औ एसियन बडि विल्डिङ् तथा फिटनेस च्याम्पियनसिप किटाकयासु जापानमा भएको थियो । दुबईबाट राम दाहाल, हङ्कङ्बाट किशोरकुमार पुन र जापानबाट बिजय राना सहभागिता जनाएका थिए । भने अफिसियल र निर्णायकमा संस्थाका अध्यक्ष प्रेसिडेन्ट लोकेन्द्र परियारले गरेका थिए ।
  • ६ र ७ अक्टोबर २०१५ मा पहिलो राष्ट्रिय स्तरिय बडिविल्डिङ् च्याम्पियनसिप काठमाडौ नेपालमा पहिलो पटक भब्यताका साथमा सम्पन्न भएको थियो । ईतिहास कायम गरेको यस च्याम्पियनसिपलाई अन्तराष्ट्रिय स्तरले पनि उच्च मूल्याङ्कन ग¥यो । प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ रहेका थिए भने प्रमुख प्रायोजन मिजो गु्रपले गरेको थियो । अन्तराष्ट्रिय प्रेसिडेन्ट,अध्यक्ष लोकेन्द्र परियार र नेपाल च्याप्टरका अध्यक्ष शिव लाल श्रेष्ठ र सम्पूर्ण नेपाल टिमको हातेमालेले पूर्णरुपमा सफल भएको थियो ।
  • ५- ९ नोभेम्वरमा ६९ औ अन्तराष्ट्रिय बडि विल्डिङ च्याम्पियनसिप स्पेनमा अफिसियल र निर्णायकमा संस्थाका अध्यक्ष लोकेन्द्र परियार, कोचमा सदस्य देउकाजी गुरुङ् र खेलाडि किशोरकुमार पुन सहभागिता भएका थिए । यसै च्याम्पियनसिप स्पर्धालाई सम्वोधन गर्ने क्रममा IFBB President डा. राफेल सानटोनजाले नेपाललाई पहिलो, नयाँ र राम्रो सम्भावना भएको सदस्यकोरुपमा ब्याख्या गरेका थिए ।
  • 22 – 25 Nov, 2015 मा Mr. Olympia Amateur Asia Hong Kong मा भएको थियो । HKNFBF का खेलाडी हरु अरब बाट ललित धिमाल, मकाउ बाट अनिल कुमार थापा र हङकङ बाट अमृत गुरुङ ले सहभागिता जनाएका थिए भने अमृत गुरुङ ले Local Championship मा Over 75 Kg weight category मा 3rd place, ललित धिमाल र अनिल कुमार थापा 85kg weight category मा  Top 6 भित्र पर्न असफल भए पनि Mr. Olympia Amateur Asia जस्तो Stage मा नेपाल र नेपालीहरु नाम उच्च बनाउने काम नेपाल team ले ग¥यो ।
  • 23 Nov, 2015 International Judges Seminar मा 6 जना नेपाली Judges हरुलाई Judge Seminar बाट International Judge Certificate IFBB Judges Chairman, Pawel Filleborn द्वारा दिईएको थियो । यो समग्र नेपालको लागि ठुलो उपलब्धि भएको छ। यश Mr. Olympia Amateur Asia championship मा अफिसियल र International Judge को भुमिका सस्थाका  President लोकेन्द्र परियार ले गर्नु भएको थियो । International Coach को भुमिका सस्थाका सदस्य विश्व बहादुर थापाले गर्नु भएको थियो। Test Judge मा सस्थाका कोषाध्यक्ष बसन्त गुरुङ, सदस्य देउ काजी गुरुङ , सृजन , देवाराज पराजुलि ले गर्नु भएको थियो । संस्थाका Asst. General Secreatry, L. B. Mukhiya ज्युले संम्पुर्ण अफिसियली भुमिका निर्बाह गर्नु भएको थियो ।
  • अहिले सम्म IFBB Internatuinal Card पाउने हरुको नाम:  1) किशोर कुमार पुन 2) राम बहादुर दाहाल 3) बिजय राना 4) अनिल कुमार थापा 5) ललित धिमाल रहेका छन।
10540362_10203690957387012_4532617168868100425_n

Himalayan Kingdom Nepalese Federation of Bodybuilding & Fitness IFBB र AFBF संग Affiliated रहेर IFBB को बिधान अन्तरगत रहेर काम गरेका 2013 बाट Affiliation fee Aian Federation Bodybuilding & Fitness लाई र IFBB लाई पहिलो पटक Affiliation fee तिरेर सदस्य बन्न सफल भएको छ। IFBB मा लाग्नुको मुख्य धारणा खेलाडी लाई  International plate form दिने र खेलको संसारमा नेपाललाई एक प्रतिस्पर्धी बनाउँने नै हो ।

खेल मार्फत राष्ट्रलाई केहि योगदान दिन सकिन्छ या भनौ अन्तराष्ट्रिय स्तरमा नेपालको झन्डा फहराउँन सकिन्छ भनि लागि परेको संस्था हिमालय किङ्डम नेप्लिज फेडरेसन बडिबिल्डिङ एण्ड फिटनेसले जति सफलता चर्चा पाउँनु पर्ने हो त्यति पाउँन सकेको छैन ।

राष्ट्रको खातिर खेल मार्फत योगदान दिनका लागि कर्मठ यस्ता युवालाई सवै तह र तक्पाबाट सहयोग हुन जरुरी छ । जव जितको सफलता हिमालयले निकाल्न त्यो बेला जित राष्ट्रको हुन्छ, नेपालको हुन्छ, एउटा हिमालय सन्ततीको हुन्छ जसलाई विश्वले वीर गोर्खाली नेपाली भनेर चिन्दछ ।

10289826_10156188644260103_5145840092752675336_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *