received_1079718875469580

किशोर श्रेष्ठ

भदौ २३, २०७३
पुर्बको रमर्णिय पर्यटकीय स्थल गोकुलम पार्क लगायतका स्थानहरुमा छायांकन गरिएको “सिमलको भुवा सरि” गीतको भिडियो युट्ब मार्फत सार्बजनिक भएको छ ।

चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको उक्त  गीतलाई पछिल्लो समय पुर्बमा रहेर भिडियो निर्देशनमा सक्रिय युवा निर्देशक विवेक हिङमाङ्ले निर्देशन गरेका हुन् भने छायांकन सुमन योन्जनको रहेको छ ।

नायिका अनु साह र कलाकार हरि भट्टराईले अभिनय गरेको भिडियो उत्कृष्ट बनेको निर्देशक हिङमाङ्ले जनाए । अहिलेसम्म  करिब दुई दर्जन गीतको सफल निर्देशन गरिसकेका उनले पहिलो पल्ट नायिकालाई लिएर काम गर्दा केही असहज भएतापनि भिडियोले  सबैको मन जितेकोमा दङ्ग भएको बताए । उनले भने :” सबैबाट राम्रो प्रतिक्रिया पाईरहेको छु ” । पहिलोपटक नायिकालाई लिएर  काम गर्दा जति हौसिएको थिए तेति नै नर्भस पनि फिल भाको थिए । हिङमाङ्ले भने ” अहिले भिडियो हेर्दा यस अघिका मेरा अन्य काम भन्दा  राम्रो गरेको महसुस भाको छ ।”

बिबाहित महिलाप्रति आकर्सित युवाको एकतर्फी मायालाई लिएर भिडियो बनेको छ ।

एकमहिना अघि छायांकन गरिएको गीतलाई हेमन योन्जनले सम्पदान गरेका हुन्  ।  सार्थक एल्बममा समाबेश उक्त गितलाई दिलिप पौडेलले लेखेका हुन् भने सङ्गीत शक्ति बल्लभको रहेकोे छ ।

भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस । 

 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *