हरि कोईराला
२६ भाद्र २०७३

र्लाबारी / सुनपकुवा उच्च मावि टाईव्रेकरमा सुनगाभा माविलाई ४–२ गोल अन्तरले पराजित गर्दै मोरङको उर्लाबारीमा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

शनिबार राधिका उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा सुनपकुवा उच्च माविका रोश श्रेष्ठले खेलको ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलमा फर्किदै सुनगाभा माविका जिएस लिम्बूले ६२ औं मिनेटमा १ गोल फर्काएपछि खेल सोझै टाइब्रेकरमा पुगेको हो ।

उर्लाबारी बाल सञ्जालले आयोजना गरेको प्रतियोगिताको विजेता सुनपकुवा उच्च माविले २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र हात पारेको छ भने उप विजेता सुनगाभा माविले १५ हजार नगद सहित ट्रफि जितेको छ ।

फाइनल खेलको म्यान अफ द म्याचको उपाधि सुनपकुवा उच्च माविका सूर्य क्षेत्री घोषित भए । हाइस्कोरको उपाधि सुनपकुवा उच्च माविका दिपिन मगर घोषित भए भने राइजिङ खेलाडिको उपाधि राधिका उच्च माविका रुद्र कार्की घोषित भए । म्यान अफ द सिरिजको उपाधि सुनपकुवा उच्च माविका विवेक तामाङले जिते । यस्तै प्रतियोगिताको फेयर प्ले अवार्ड विद्याज्योति बोर्डिङ स्कुलले हात पारेको छ ।

गत भदौ १५ गते देखि सुरु भएको प्रतियोगितामा उर्लाबारी नगर क्षेत्रका १६ वटा माविले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *