received_338694929796615

अनोज रोक्का

१७ सेप्टेम्बर, २०१६
चर्चित नायीका प्रिंयका कार्की हङ्कङ आईपुगिन । यहि सेप्टेम्बर १८ का दिन क्यान्सर पिडितहरुको सहयोगार्थ आयोजना गर्न लागिएको “सुमधुर सांगितीक सौगात” को लागि उनी हङ्कङ आएकी हुन् ।

कार्यक्रमको दुई दिन अघि नै हङ्कङ आएकी प्रियंका मिस हङ्कङ नेपालमा निर्णायकको रुपमा देखिईन । उनी अभिनित चलचित्र छक्का पञ्जाको प्रर्दशन पनि १८ सेप्टेम्बर कै दिन भएकाले उनको ब्यस्तता बढ्ने निश्चित छ ।

पछिल्लो दिनमा नेपाली चलचित्र क्षेत्रमा नम्वर वानको छवी बनाएकी प्रियंका देश विदेशको कार्यक्रमहरुमा पनि उत्तिकै ब्यस्त हुने गर्दछीन । प्रियंका सँगै सुमधुर साँझमा गायीका मेलिना राई, हास्यकलाकार निर आले, गायक बादल लिम्वु लगायतको पनि प्रस्तुती रहनेछ ।

कलाकारहरु आउँने क्रम जारी रहेको आयोजक बताउँछन् ।

तस्बिर : मज्जाको राई (ब्लाक पिग प्रडक्सन) 

fb_img_1474085675555

Leave a Reply

Your email address will not be published. Required fields are marked *