14359145_340002699665838_8417074281443154123_n

अनोज रोक्का
मेलिना राईको सुमधुर आवाजमा नायीका प्रिंयका कार्कीले कम्मर मर्काईन ।

हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजित “सुमधुर सांगितीक सौगात २०१६” मा गायीका मेलिना राई, नायीका प्रिंयका कार्कीसँगै पहिलो नेपाली आईडियल बादल लिम्बु, हास्यकलाकार नीर आले लगायतको समेत प्रस्तुती रहेको थियो ।

‘तिमले बाटो फेर्यौ अरे’, ‘कम्मर माथी पटुकी’, ‘शिरैमा शिरबन्दी’ लगायत आफ्ना चर्चित गीत मार्फत मेलिनाले हङ्कङेली दर्शकहरुलाई मन्ध्रमुग्ध बनाईन । नायीका प्रिंयका कार्कीले चर्चित गीतहरुमा गरेको नृत्यले पनि वाहवाही बटुल्यो । गायक तथा पहिलो नेपाली आईडियल बादल लिम्बुको प्रस्तुतीले पनि दर्शकहरुलाई नाँच्न बाध्य तुल्यायो । गायनको स्वाद सँगै हास्यकलाकार नीर आलेको प्रस्तुतीले दर्शकहरुको हाँसो रोकिएको थिएन नीरको लगातार कमेडी नृत्य र प्यारोडीमा दर्शकहरुले भरपूर मनोरञ्जन लिए ।

क्यान्सर पीडितहरुको सहयोगार्थ, चाँगे धर्तीआमा कोष र हंग्री आई रेष्टुरेन्ट एण्ड बारको संयुक्त प्रस्तुती रहेको कार्यक्रम हाउस फुल भएको आयोजक नन्द चङ्सु किराती बताउँछन् ।

कार्यक्रमबाट उठेको रकम चाँडै क्यान्सर पीडितहरुको सहयोगार्थ हस्तान्तरण गरिने चाँगे धर्तीआमा कोष हङ्कङ संयोजक भद्रकला आङ्बुहाङ बताउँछीन भन्छिन्–“निस्वार्थ सामाजिक काममा सवैको सहयोगले पिडामा छट्पटिएकाहरुका लागि मल्हमको काम गर्नेछ ।”

तस्बिर : मज्जाको राई (ब्लाक पिग प्रडक्सन)

14322458_339992109666897_7424679272488282928_n14429597_1306634376043260_253379135_n 14409266_1306634392709925_619951098_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *