14523121_1116652065055352_4434794836190727699_n

हरि कोइराला

उर्लाबारी / असोज २२

मोरङको रमाइलोमा सञ्चालित डम्बरसिंह गुरुङ स्मृति फुटबल प्रतियोगिताको उपाधि पथरी स्पोर्टिङ क्लबले उचालेको छ । शनिबार स्थानीय जनसेवा उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा शसस्त्र प्रहरीको पाथीभरा गण झापालाई २–१ गोलले पराजित गर्दै पथरीले उपाधि उचालेको हो ।

उपाधि सँगै विजेताले ५१ हजार १५१ नगद र ट्रफि प्राप्त गरेको छ भने उप विजेता बनेको पाथीभरा गणले ३१ हजा १११ मा चित्त बुझाएको छ ।

पूर्वाद्र्वमा गोल रहित बराबरीमा सकिएको खेलको ४४ आंै मिनेटमा एपीएफका धनबहादुर श्रेष्ठले पहिलो गोल गरेका थिए । तर श्रेष्ठले लिएको अग्रता एपीएफले १ मिनेट पनि जोगाउन सकेन । बल लिएर अघि बढेका पथरीका स्ट्राइगर दीपक राईलाई डिबक्स भित्र एपीएफका कप्तान प्रदिप चौधरीले लडाएपछि पथरीका दीपक राईले पेनाल्टीको मौका पाएका थिए । ४५ औं मिनेटमा पाएको पेनाल्टी प्रहारको अवशर गोलमा पर्णित भएपछि पथरी खेलमा फर्किएको थियो । पथरीका दीपक राईले ४७ औ मिनेटमा पुन १ गोल थपे । दुबै टिमले पटक पटक गोल गर्ने अवशर पाएपनि बलले जालि चुम्न नसकेपछि अन्तत दीपकको गोल नै निर्णायक बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच पनि दीपक राई नै घोषित भए ।यस्तै एपीएफका श्याम थापा उत्कृष्ठ गोल रक्षक घोषित भए।प्रतियोगिताका उत्कृष्ठ खेलाडीको अवार्ड एपीएफका अशोक जवेगुले उचाले भने हाइस्कोररको अवार्ड पथरीका सुरज शिवाले उचाले । यस्तै उत्कृष्ठ रक्षकको अवार्ड पथरीका मीन धिमालले हात पारे । 

गत असोज १५ गते बाट सुरु भएको फुटबल प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय पर्ल एकेडेमी अंग्रेजी स्कुलले गरेको थियो ।पूर्व फुटबल खेलाडी एवं मोरङ जिल्ला फुटबल संघका तत्कालिन सदस्य डम्बरसिंह गुरुङको स्मृतिमा भएको खेल युथ फर सोसाइटी रमाइलोले आयोजना गरेको हो ।

14495488_1116652508388641_4037435350812100752_n14601077_1116652018388690_1779665458005810404_n 14606449_1799924600230556_8358141468333536095_n 14611101_1116652358388656_946298449876913600_n