रोका बल्लभ

२८ में २०१७। हङकङ
हङकङमा एभरेष्ट डेसँगै ‘हाइक फर नेपाल’ कार्यक्रम सम्पन्न भएकोछ। यस कार्यक्रममा हङकङबासी नेपाली र स्थानीय चिनियाँ सहित करिब चार सय जना सहभागी भएको आयोजकको बताइएको छ।

नेपाली सगरमाथा आरोहि तथा नायिका निशा अधिकारी, अर्का सगरमाथा आरोहि हङकङका नागरिक जोन चाङ र हङ्कङकालागि नेपाली महावाणिज्यदुत कमलप्रसाद भट्टराईले उक्त कार्यक्रमको संयुक्त उदघाटन गरेका थिए।

त्यसैगरि आईतवार साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजितको समेत आयोजना गरिएको थियो। च्यारिटी डिनरबाट उठेको सहयोग रकम नेपालको दुर्गम क्षेत्रको शिक्षा क्षेत्रको खर्च गरिने फाउन्डेसनका अध्यक्ष गुरुङल् बताएका छन।

उक्त कार्यक्रमा महावाणिज्यदुत भट्टराईले एभरेष्ट डेबारे प्रकाश पार्नुभएको थिए। साथै “वि विल राईज फाउण्डेसनका ” का अध्यक्ष तुलसी गुरुङले हाईक फर नेपालबारेमा पनि जानकारी दिएका थिए।