किशोर श्रेष्ठ

उर्लाबारी, जेठ १७

नेकपा एमालेबाट उर्लाबारी वडा नम्बर ५ का उम्मेदवार चन्द्रप्रसाद भट्टराईले कार्यकर्ता सहितको घरदैलो अभियानलाई तिब्र बनाएका छन् । जनताको घरदैलोमा गएर त्यहाका समस्याको पहिचान गरि आगामि निर्वाचनमा आफुलाई भोट हाल्न पनि आग्रह गरेका छन् । भट्टराईको उम्मेदवारीले मतदाताहरुमा समेत उत्साह छाएको छ ।

पार्टी निर्णय बमोजिम आफूले उर्लाबारी नगरपालिका वडा नं.५ को वडाध्यक्षमा उम्मेदवारी दिएको भट्टराईले बताएका छन् । विगतमा उर्लाबारी नगरको राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भट्टराईले आफू वडाध्यक्षमा विजयी भएमा स्थानीय तहमा रहेका विकास निर्माणका गतिविधिमा सक्रिय रहने बताए । उनले वडा नं.५ लाई नमूना वडा बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

ढल निकासको समस्या, हाटको व्यवस्थापन, कृषिसेवा संस्थाको उचित व्यवस्थापन, ग्राभेल बाटो कालोपत्रे बाटो तथा बाटोको स्तरोन्नतिजस्ता कार्यहरू समेत सदैब सक्रिय रहने पनि उनले बताएका छन् । कृषि क्षेत्रको उचित संरक्षण गरी कृषि सामग्रीको सहज उपलब्ध, अनुदान, कुलो पैनीको उचित व्यवस्थान गर्नुका साथै खोला तटबन्ध स्थलमा वृक्षारोपण, कृषि क्षेत्र, बजार क्षेत्र तथा बस्ती क्षेत्रको उचित व्यवस्थापन तथा प्रबद्र्धन गर्नुपर्ने उनको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *