मिलन के राउत । उर्लावारी 

१ जुन , २०१७। मोरङ 
भुपालसिं जिमी उर्लाबारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुनुहुन्छ । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उहाँ मेयर पदको उम्मेदवार बन्नुभएको छ ।

सामान्य जीवनशैली रुचाउने र सधैं सादा जीवन र उच्च विचार मन पराउने जिमीलाई मेयर पदको उम्मेदवार मात्र भनेर परिचय गराउँदा अन्याय हुनेछ । यसर्र्थकी, मोरंङको दोस्रो ठूलो नगरी उर्लाबारीको समाजिक क्षेत्रमा उहा“को अग्रणि भूमिका रहेको छ । त्यसैले त उहाँ एमालेमा आधा दर्जन बढि आकांक्षी हुदाहुदै निर्विवाद उम्मेदवार बन्न सफल हुनुभएको हो ।
सामान्य आर्थिक हैसियतका उहा निर्वाचन खर्चिलो हुँदै गएकोमा बेखबर भने हुनुहन्न । अन्य पार्टीमा ठेक्कापट्टा, व्यवसाय वा अन्य क्षेत्रबाट यथेष्ट कमाएकाहरूले पैसाको जोडमा टिकट फुत्काइरहेका बेला एमालेमा भने भुपालसिं जिमीले सहज रूपमा टिकट पाउनुभयो ।

निरन्तर जनतासँग भिजेका उहाँ पारदर्शी जीवनशैली र सहज स्वभावका कारण सबैका लोकप्रिय हुनुहुन्छ । सोही कारण आसन्न स्थानीय तहको निर्वाचनमा उहाँको विजयलाई कसैले रोक्न नसक्ने आ“कलन गरिएको छ । अर्थात उर्लाबारीमा सूर्यलाई हत्केलाले छेक्ने सम्भावना देखिदैन ।
उहाँकाे जन्म तत्कालीन खराङ गाविस(हालको चैनपुर नगरपालिका) संखुवासभामा हो । बुवा सत्तेलाल र आमा जयकुमारी जिमीको माइला छोराको रुपमा जन्मनुभएका उहाँको सिंगो परिवारले पूर्वी पहाडकोे बामपन्थी आन्दोलनमा यथेष्ठ योगदान पु¥याएको छ ।
२०३६ सालदेखि जिल्लाका नामुद बामपन्थी नेता बासु शाक्यको सम्पर्कमा रहेर कम्युनिष्ट आन्दोलनप्रति झुकाव राख्नुभएका जिमीले तत्कालीन माले पार्टीको सम्पर्कमा रही राजनीतिक यात्रा शुरु गर्नुभएको हो । पार्टीको जनवर्गीय संगठनको वडा कमिटीमा आबद्ध भई राजीतिक जीवन शुरु गर्नुभएका उहा“ले २०४८सालमा बसाई सरी उर्लाबारीमा आएदेखि अहोरात्र पार्टी काममा समर्पित हुनुभएको हो । उर्लाबारी–५का वासिन्दा उहाँका श्रीमती र तीन सन्तान रहेका छन् ।

नेकपा एमाले उर्लाबारीको गाँउ कमिटीमा ६ वर्ष सदस्य मात्र रहनुभएका उहाँले एमालेको मोरंग जिल्ला कमिटीमा अनवरत चार कार्यकाल जिल्ला सचिवालय सदस्यको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
जिमी भन्नुहुन्छ–‘जति समय पार्टीमा काम गरे, राम्रैसित गरे , कुनैकुनै बेलामा पार्टीले हण्डर खादा पनि स्थानीय कार्यकर्तालाई शिर झुकाउने गरी हिड्नुपर्ने अवस्थामा पु¥याइन । यही नै मेरो जीवनको उपलब्धि हो । ’

उर्लाबारीकै ठूलो हाम्रो बचत तथा ऋण सहकारी संस्थाको स्थापना कालदेखि तीन कार्यकाल अध्यक्ष रहिसक्नुभएका उहाँ जिल्लामा सहकारी अभियान्ताका रुपमा पनि चिनिनुहुन्छ ।

यस्तै,उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा विगत २२ वर्षदेखि उहाँ निरन्तर नेतृत्व तहमा हुनुहुन्छ । कतिसम्म भने सेवामूलक संस्थामा नेतृत्व हत्याउन दलहरुको हानाथाप हुने गरेपनि उर्लाबारीको खानेपानी सस्था उहाँ निर्विवाद चुनिदै आउनुभएको छ । अरु पदमा चुनाव भएपनि अध्यक्ष पदमा भूपालसिंं जिमीको व्यक्तित्व यतिसम्म खरो उत्रिएको छ कि उहाँलाई निर्विवाद पद हस्तान्तरण गर्न विपक्षीहरु पनि विवश छन् । उहाँकै कार्यकालमा उर्लाबारी खानेपानीले दोस्रो आयोजना पार्न सफल भएको छ । हाल १७ करोडको लगानीमा ओभर हेड ट्यांकीको निर्माणस“गै पाइपलाइन विस्तार भइरहेको छ ।

एकातिर उहाँ सम्बद्ध दल नेकपा एमालेलाई कतिपय जातिवादी संगठनले पहिचान विरोधीको विल्ला भिराइ रहदा उहाँ जनजाति समुदायमा पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । किराँत याक्खा छुम्माको केन्द्रिय अध्यक्ष भएर उहाँले यो बेला आप्mना समुदायको संस्कृति र सस्कारलाई जगेर्ना गर्न अहम् भूमिका निर्वाह गरिरहनुभएको छ । याक्खा समुदायको संंस्कृति लोपोन्मुख भइरहेको अवस्थामा विविध कार्यक्रम ल्याई रहनुभएको छ । जसका कारण पूर्वी नेपालमा बसोबास गर्ने याक्खा समुदायले आफ्नो अस्तित्वमा गर्व गर्ने गरेका छन् ।

पार्टी र समाजिक काममा हिँड्दा धेरै दिन उहाँ भोकभोकै पनि हिड्नुभएको छ । ‘कार्यक्रम सकेर साथीहरूको घरमा अबेला पुग्दा सबैले खाना खाइसकेका हुन्थे । खानाका लागि सोध्दा दुःख दिन नचाहेर ‘खाएर आएको’ पनि भनेको उहाँको अतीत छ । रातभरि पेटमा मुसा कुदेर हैरान हुन्थ्यो’– उहाँले विगतको पार्टी कामलाई सम्झिनु भयो–‘ कहिले त सहयोद्धाहरूसित दाल, चामल, तरकारी एकै ठाउमा हालेर पकाएर पनि खाएका छौं । दिनभरि संगठन गर्न गाउ–गाउ डुल्यो, राति थकाइले लखतरान हुन्थ्यौं ।’ प्रहरी आएको भन्ठानेर धेरैचोटी तयार भएको खाना पनि नखाई भोकै हिडनुपरेको समेत उहाँले सुनाउनुभयो ।

आफ्नो जितको एजेण्डा स्थानीय पार्टी कमिटीले तयार पारेको भन्दै उहाँले भन्नुभयो–‘हामीले प्रतिबद्धता पत्र तयार पारेका छौँ,सोही अनुसार समग्र उर्लाबारीको विकास र समृद्धि र जनहितमा काम गर्नेछौँ । यो गर्छु र त्यो गर्छु भनेर हावादारी आश्वासन बाड्दिन,हाम्रा प्रतिबद्धता पत्र मतदाताको घरमा आइपुग्ने नै छन् । “’
मेयर पदको विजयीमा सन्निकट रहनुभएका उहँ भन्नुहुन्छ–‘बाचुञ्जेल जनताकै सेवक हुन पाँऊ ।’
प्रस्तुति:मिलन के राउत 

Leave a Reply

Your email address will not be published. Required fields are marked *