किशोर श्रेष्ठ
जुन ०२ २०१७
उर्लाबारी÷आसन्न स्थानीयन तहको निर्वाचनमा नेपाली काङ्ग्रेस उर्लाबारी नगर सभापति वीरवल थापा उर्लाबारी वडा नम्बर ७ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलन पश्चातको निरंकुश पंचायती व्यवस्थाको अन्त्यसँगै नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोईरालाले प्रतिपादन गरेको नीति सिद्धान्तबाट प्रभावित भएर थापाले राजनीतिक यात्रा सुरु गरेका थिए ।
लामो समयबाट नेपाली काङ्ग्रेसमा आवद्ध थापाले पार्टी निर्णय बमोजिम आफूले उर्लाबारी वडाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन् । विगतमा उर्लाबारी नगरको राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय थापाले आफू वडाध्यक्षमा विजयी भएमा स्थानीय तहमा रहेका विकास निर्माणका गतिविधिमा सक्रिय रहने बताए । उनले वडा नं.७ लाई नमूना वडा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समय घरदैलो कार्यक्रममा व्यस्त थापाले उर्लाबारी–७ का बिभिन्न स्थानमा ढल निकासको व्यवस्था, मावा नदीको तटबन्ध, सडक कालोपत्रे, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था, लागुऔषधको कुलतमा फँसेका युवालाई पुनर्जिवनका लागि पहल, कृषिमा आवश्यक पर्ने उन्नतजातका मल–बीउको व्यवस्था, प्रहरी बिट निर्माण, सिसी क्यामेरा जडान, खेलकुद विकासलगायतलाई चुनावी एजेण्डा बनाएका छन् ।

थापालाई जिताउने यतिबेला सम्पूर्ण वडा वासी एकजुट भएर लागेका छन् । उनको नाममा जिताउ अभियान फेसबुक पेज समेत सन्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *