अनोज रोक्का
२ जुन २०१७

साहारा साँझ तेश्रोका लागि कलाकारहरुको जम्बो टोली बिहिबार हङकङ आईपुगेको छ । कलाकारहरुलाई स्वागत गर्नका लागि साहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङसहित क्लबका पदाधिकारीहरु बिमानस्थल पुगेका थिए ।

भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङको माध्यमिक बिद्यालयको भवन निर्माण तथा विपन्न वर्गका बालबालीकाहरुको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, मिस टुरिजम २०१० तथा गायिका समृद्धि राई, दृष्टि विहिन गायिका सरीता अधिकारी, गायिका प्रिया गुरुङ, बहुप्रतिभाशाली बाल कलाकार वेगेन्द्र बुढा, डान्सर मिन गुरुङ, गायक तथा प्रस्तोता जयकुमार परियार लगायतको प्रस्तुती रहनेछ।

कार्यक्रम यहि आईतबार ४ जुनका दिन याउमा तेई स्थित कम्युनिटी हलमा बेलुकी ६ बजेपछि शुरु हुनेछ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई बराह ज्वेलरी हङकङले मुख्य प्रायोजन गरेको हो ।

तस्बिर : ज्याप स्टुडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *