दोलखामा एमालेका उमेद्वारका छोरा मरिएपछि भेलाभएका सर्वसाधारण र सुरक्षाकर्मी

जेष्ठ २१, २०७४। काठमाण्डौ 

गौरीशंकर गाउँपालिकास्थित जुगुका कुलबहादुर तामाङको हत्या अभियोगमा ४० जनाविरुद्ध दोलखा जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ । प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले पेस गरेको मुद्दामा माओवादी केन्द्रका नेता तथा पूर्वराज्यमन्त्री देवी खड्का, नेताहरु गंगा कार्की र विशाल खड्कासहित ४० जनालाई प्रतिवादी बनाइएको छ ।
जाहेरीको आधारमा प्रतिवादी बनाइएकोमध्ये देवी खड्कालाई ज्यानसम्बन्धी महलको १३.४ र अन्यलाई १३.३ अनुसार प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कैलाश दाहालले जनाकारी दिएका छन् । उनकाअनुसार ४१ जना अभियोगीमध्ये देवराज बस्नेतको बाबुको नाम नखुलेकाले प्रतिवादी बनाइएको छैन ।
गौरीशंकर गाउँपालिका १ बाट एमालेले वडा सदस्य उठाइएका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरको हत्या भएपछि जाहेरीको आधारमा ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हालसम्म प्रहरीले अभियुक्तमध्ये देवी खड्का, गंगा कार्की र विशाल खड्कालाई पक्राउ गर्नसकेको छैन ।
चुनावी प्रचारका क्रममा गत वैशाख २६ गते एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताबीच विवाद बढेपछि भएको झडपमा कुलबहादुर मारिएका थिए ।  साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *