फोटो फेसबुकबाट – मृतक चौधरी

५ जुन २०१७,  काठमाण्डौ ।

काटनाण्डौमा जेब्राक्रसिङ गर्ने  क्रममा बसको ठक्करबाट एक युबतीको मृत्यु भएको छ। उक्त दुर्घटना राजधानीको बसुन्धारामा भएको थियो।

जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार मध्यान्ह भएको दुर्घटनामा सुनसरीकी २३ वर्षीया रजिना चौधरीको मृत्यु भएको हो।

ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ। प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *