कोशेली संवादाता 

६ जुन २०१७ काठमाण्डौ।

लामो समयदेखि राष्ट्रीय आविष्कार केन्द्र नेपालकालागि अहोरात्रलागिपरेका समाजसेवि तथा वाईरलेस ईन्टरनेट प्रविधिका हिरो मानिने व्याक्ति महाविर पुनले आफु कुनैपनि राजनितिक संग सम्वन्ध नभएको कुरा प्रष्ट पार्नु भएको छ। 

नेपाली राजनितीलाई नजिकबाट नियालिरहेका पुनले राजनितिमा देखिएको मनोमानि, गैर जिम्मेवारी तथा एक अर्कालाई खुट्टा तान्ने प्रवृति हाविभएको कारण देश बिकास नभएको तितो यथार्थ राख्दै उहाले सम्वन्धित निकाय र राजनितीक दलहरुले प्रति प्रश्न गर्दै आफ्नो फेसबुक वालमा लेख्नु भएको छ।    “२००७ सालमा राणा शासन ढले देखि अहिले सम्म बनेको ४ जना राजा, करिब ४० जना जति प्रधानमन्त्रीहरु र  अहिले सम्म नेपालीले भोगेका सबै खाले शासन ब्यबस्थाहरु, सयौं योजनाकारहरू, सबै राजनैतिक पार्टीहरु र सम्पूर्ण राजनैतिक नेताहरु कसैले पनि पटक्कै प्राथमिकता नदिएको तर देश बिकासको लागी नगरी नहुने बिषय हो।  यो कुरामा कोहि पनि नेताहरु र पार्टीहरु चोखो छैनन।  अहिले सम्म कसैले पनि बिज्ञान तथा प्रबिधीको बिकास गर्नको लागी देशको प्रतिभाशाली सन्ततिहरु लाई नेपालमा नै राख्ने योजनाहरु र बाताबरणहरु बनाएका छदै छैनन् । “

बिभिन्न राजनितीक दलहरुले आफुलाई राष्ट्रवादी बताएपनि देशमा गणतन्त्र आएको यतिका बर्ष बितीसक्दापनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रतिभाशाली युवापुस्ताहरुलाई अटाउन नसकेको र कुनै ठोस कार्य नगरेमा आक्रोश पोख्नु भएको छ। 

आफुले सबै राजनितिक पार्टीहरुलाई समान दृष्टिले हेर्ने र कुनैपनि काजनितिमा आफुलाई चासो नभएको कुरा समेत उल्लेख गर्नु भएको छ। राजनितीमा अहिलेसम्म नलागेकैकारण आफु सफलभएर यो अवस्था सम्म आउनसकेको बताउनु भएको छ।  साथै राजनितिक पार्टीहरुविच भएका टिका टीप्णीहरुलाई समेत आफ्नो स्टाटसमार्फत  आफुले कसैलाई चोट पुर्याउन नखोजेको सबै कुरा बास्तविकताको आधारमा भनेको बताउनु भएको छ। 

सधैभन्दा अलिक संमेबेदनसिल भएर स्टाटस मार्फत आफुले पैसाकोलागि यो काम नगरेको र आजिवन सरकारी जागिर नखाईकन देशकोलागि गर्ने कुरा बताउनुएकोछ। 

यस अनुसन्धान केन्द्रको कुल लागत ५० करोड़ लाग्ने वतायतापनि वास्तविक रुपमा आविष्कार केन्द्रको कुनै एकिन लागत भन्न नसकिने  र के कस्तो अनुसन्धान र आविष्कार गर्ने हो त्यसमा भर पर्ने कुरा बताएका छन। 

हाल आविष्कार केन्द्रको लागि आफुले पाएको पदकहरुसमेत बिक्रीमा राख्ने निर्णयमा पुगेका पुनलाई उहाको राष्ट्रप्रतिको प्रेम र झुकावदेखेर देश बिदेशबाट सहयोग जुटनेक्रमले अझ तिब्रता पाएको छ।  यो कार्यलाई एउटा अभियानकै रुपमा विश्वभर रहेका नेपालीहरुबाट सहयोग जुटिरहेको छ। 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *