६ जुन २०१७ । लण्डन

डान्स इन्डिया डान्स र झलक दिख लाजाबाट आफुलाई स्थापित गरेकि नेपाली चेली तेरिया फौजा मगरले सप्ताहन्त नेपाली दर्शकको मन जितेन सफल भएकिछिन ।
मगर संघ यूकेको आयोजनामा सम्पन्न ओपन कन्सर्टमा तेरियाले नेपाली, हिन्दी गीतमा एकल र सामूहिक नृत्य देखाएर दर्शक मन जितिन्।

उक्त कन्सर्टमा नेपालबाट आएका कलाकारहरु जमुना राना, गगन पुन, जानकी ताराकीमगर र राजु ढकालले एकल तथा सामूहिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाए । बेलायतमै रहेका कलाकारहरु मधुसुदन थापामगर, सञ्जय लाफामगर र क्याप्टेन वीरबहादुर थापामगरले पनि गाएका थिए ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै तेरियाले नेपाली दर्शकको माया र आयोजकप्रति आभार व्यक्त गरिन् । नृत्य प्रशिक्षणमा व्यस्त तेरिया भविष्यमा पनि नेपाल र नेपालीलाई गर्व हुने काम गर्ने बताउँछिन् । 

साथै तेरियाले बुद्ध वृद्धाश्रम च्यारिटीमा समेत आफ्नो कला मार्फत सहयोग गरेकि थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *