14808801_945917882180186_581026283_o

पथरी, २० सेप्टेम्बर / २०१६

कोशेली एच.के संवाददाता, पथरी

राष्ट्रिय टोलीका खेलाडी समेत रहेका सिद्धान्त लोहनीको शतकीय पारीको मदतमा मोरङको पथरी स्थित आइतबारेमा बुधबारबाट सुरु छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगितामा सेभेन स्टार क्लब इटहरीले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा इटहरीले विर्तामोड क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले सिद्धान्तको १ सय २७ रनको विष्फोटक पारिको मदतमा १९ दशमलब ३ ओभरमा अल आउट हुँदै २ सय १२ रनको उच्च योगफल तयार पारेको थियो । ४५ बल खेलेका सिद्धान्तले १२ छक्का र ८ चौका प्रहार गरे । त्यस्तै इटहरीका सुमन खत्रीले २६ रन बनाए । विर्तामोडका विपुल खरेलले ४ ओभरमा १९ रन दिएर सर्वाधिक ३ विकेट लिए । इटहरीले दिएको २ सय १३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको विर्तामोडले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय १० रन बनाउन सक्यो । विर्तामोडका लागि नामलिङ याक्तेनले १६ र मिलन कार्कीले १५ रन बनाए । इटहरीका मनोज मण्डलले सर्वाधिक ३ विकेट र अजय राजवंसीले ४ ओभरमा मात्र २ रन खर्चेर २ विकेट लिए । खेलको म्यान अफ द म्याच इटहरीका सिद्धान्त लोहनी घोषित भए ।

कात्तिक १२ गते सम्म संचालन हुने प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रुपैयाँ सँगै ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीले नगद १५ हजार सँगै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले जनाएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी १७ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार २ खेल हुँदैछन् ।

बिहीबार हुने पहिलो खेलमा न्यू दमक क्रिकेट क्लब र देविगञ्च क्रिकेट क्लब तथा दोश्रो खेलमा दुर्गापुरी क्रिकेट क्लब र कुसल चौक क्रिकेट क्लब बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए ।

14808892_945916192180355_2014149504_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *