यातायात विहीन सडकको दृश्य
यातायात विहीन सडकको दृश्य

कोशेली एच के डटकम
हङकङ, २१ अक्टोबर । हंङकङमा टाईफुन नं ८ हाईमाको कारण जनजीवन प्रभावित वनेकोछ।

टाईफुन हाईमाले गर्ने क्षतिलाई मध्यनजर गर्दै हङकङमा सम्वन्धित निकायहरुमा सुरक्षाकोलागि बिशेष तयारी गरिएको थियो।

ईमेरजेन्सी सेवा वाहेक सर्वसाधारणको सुरक्षाका लागि अन्य सार्वजनिक सेवाहरु बन्द गरिएको छ। टाईफून नं. ८ का कारण फेरी, अधिकांश बस सेवाहरु, व्यापरिक र शैक्षिक प्रतिष्ठानहरु बन्द गरिएका छन्।  img_9975

बिहान ६:१० एम बाट सुरुभएको टाईफुन न. ८ हंङकङ् आईपुग्नुअघि सुपर टाईफून हाईमा कारण फिलिपिन्समा ८ जनाको ज्यान गएको छ। टाईफून प्रवाभित क्षेत्रका करीब १ लाख जनतालाई सुरक्षित सेल्टरमा सारिएको जनाइएको छ।

किन्डरगार्टेन तथा अन्य सबै विद्यालयहरु शिक्षा विभाग हङकङ्को निर्देशन अनुसार पुर्णरुपमा बन्द गर्ने घोषणा गरिएको छ।

img_9971

Leave a Reply

Your email address will not be published. Required fields are marked *