वल्लभ रोका । हङ्कङ

हावीर पुन जसको सपनासंगै करोडौ नेपालीहरुको सपना जोडिएकोछ। विश्वले चिनेका र आफैमा राष्ट्रीय र अन्तराष्ट्रीय पुरस्कारका बिजेता समेत रहेका देशकैलागि आफ्नो समय दिनरात , घामपानी , चिसो गर्मी केहि नभनि अहोरात्र खचटि रहेकाछन। जसले आधार सहित आफ्नो क्षमतालाई अन्तराष्ट्रीय बिज्ञहरुले समेत पहिचान गरिसकेको आधारमा देशलाई परिवर्तन गर्न पाईला चालिरहेका मात्रहैन धेरैको भबिष्य वनाई सकेकाछन। 

जुनकाम ब्याक्तीगत स्वार्थकोलागि नभई देशभक्ति र बास्तबिक परिवर्तनको ख़ाका हो भन्ने प्रमाण हुदाहुदैपनि खोइ सरकारले उनको वास्ता गरेको ?

यस अघि विभिन्न सञ्चारमाध्यममा सरकारले आफुलाई आर्थिक सहयोग गर्ने भनेर थुप्रै पटक झुलाएको अभिव्यक्ति समेत दिएका थिए उनले । खोइ त सरकारको आँखा महावीरको यो राम्रो लागि पुगेको यस्तो कार्यमा सहयोग गर्नु पर्छकि पर्दैन?

मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेको थियो।

आदित्यले पैसा पाउनु र सरकारले पैसा दिनुमा आपतिको बिषय हैन तर व्भाविश्य बताउनेलाई सरकारले एक करोड दिंदा वैज्ञानिक युगमा भविष्य बनाउने देशका कर्मठ हातहरुलाई सरकारको काम गराई र कुरा गराईएको बिषय निकै गौण रहेको छ।

आदित्य दाहाल गुगल ब्वाई

देश बिकासकोलागि राजनितीक दलहरुले बोकेर हिडेका हरेक मुद्दाहरुलाई नियालेर हेर्नेहो भने काम गरेर देखाउनेलाई भन्दा विना आधार भविष्य बताउनेलाई कार्यन्वयन र निर्णय तुरन्त गर्ने गरिएका धेरै उदाहरणहरुछन । यस्ता प्रवृतिका नेता राजनेतालाई तपाईहामी पिछा गरिरहेका छौ ? जसले देशको भविष्य कता डोहोर्याईरहेकाछन।

सुशील कोइरालापछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र २०७२ सालभित्रमा संविधान जारी हुने भविष्यवाणी उनले पहिल्यै गरेका थिए । तर के यहि खुसीमा सरकारले उनलाई पैसा दिएको हो ? होइन भने आदित्य जस्ता कयौं अपांगहरुलाई किन सरकारले राहतका खास प्याकेज ल्याउन सकेको छैन ।

यो पार्टीगत स्वार्थमा डुवेर अहिले घिउको लड्डत नेता र कार्यकर्ताहरुले खालान तर बास्तवमा  बिकसित देशलाई हेरेर र्याल चुहाउनु बाहेक अरु केहि गर्न सक्ने अवस्था छैन । ठुला बंगला र चिल्ला कार होलान तर हिलोमा डुबाएर कुदाउनुबाहेक अरु के बिकल्प होला ?

यस अघि पनि सुशील कोइरालाको सरकारले गरेको आर्थिक सहयोगमा आदित्यलाई अमेरिकाको स्ट्याण्डफोर्ड अस्पतालमा लगेर उपचार गरिएको थियो । तर उनको शारीरिक स्वास्थ्यमा खासै सुधार आउन सकेन ।

उसले भनेका धेरै कुरा मिले होलान् ।  तर यहि नाममा के उनी सरकारी ढुकुटीको एक करोड रुपैयाँ सहयोग लागि लायक छन् त? यस्ता आधारविहिन कुरामा जनताको खुन र पसिनाको कमाईलाई पानीमा मिलाउने नेताहरुमा देखिएको प्रवृति कति सहि र कति गलत हो? ओकपटक सोच्ने वेला आएको छ।

महावीर पुन र उनसे जडान गरेको उपकरण

केहि समयअघि विमान दुर्घटनालाई लिएर पनि उनले आफुले भनेको सरकारले नमान्दा विमान दुर्घटना बह्येको आरोप लगाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले दिएका उपकरण विमनस्थलका अधिकारीले उपयोग नगर्दा विमान दुर्घटना भएको दाबी गरेका थिए ।

पोखरा र जोमसोम हवाई टावरका कर्मचारीको लापरबाही र निस्क्रियताका कारण तारा एयरको बिमान दुर्घटना भएको दाबी उनको थियो 
पुनले आफूले हवाइ उडानका लागि सहज होस् भनेर ‘वेदर स्टेशन’ र ‘आईपी क्यामेरा’ जडान गरेर कर्मचारीहरुलाई प्रयोग गर्नसमेत सिकाएको तर, त्यसलाई उपयोग नगरिएको आरोप लगाएका थिए ।

अनि यस्तो अनि अरु धेरै महान काम गर्ने महावीरलाई सरकारले किन सहयोग किन गर्दैन ? आखिर किन ? कस्तो देश हो यो जहाँ भविष्य बताउनेलाई एक करोड र भविष्य बनाउनेलाई सुन्य रकम दिइन्छ ! 

हालै मात्र विश्वभर छरिएर रहेका नेपालीहरु र देश भक्त स्वदेशमै रहेका नेपालीहरुको प्रयासवाट राष्ट्रीय आविष्कार केन्द्रकोलागि तिब्र रुपमा रक़म संकलन भैरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने सरकार र राजनितिक पार्टीहरु भन्दा सर्बसाधारण नेपालीहरु वढि सच्चा देश भक्त हुन भन्ने देखिएको छ।

एक देश भक्त र प्रतिभाशाली ब्याक्तित्व महावीर पुन जसको ड्रीम प्रोजेक्टले युवा पुस्तालाई मात्र नभएर देशभक्त सबै नेपालीहरुलाई गर्व गर्नलायक कार्य गरिरहेको परिप्रेक्क्षमा सबैले आआफ्नो ठाउबाट देखिएको सकृयताले छिटैनै मुर्तरुप पाउने कुरामा विस्वास गर्न सकिन्छ।