एजेन्सी |

चिनको ब्रम्हपुत्र नेपाली टिम र चिनियाँ फुचियान प्रान्तीय चाङचौ समूहले ह्वाइट वाटर र्याफ्टिङ र एरेटेड ड्रिफ्ट बोट च्याम्पियनसिपमा बाजी मारेका छन् 

शुक्रबार तिब्बतको नी मू काउन्टीमा नेपाल-तिब्बत बीच प्रथम अन्तर्राष्ट्रिय मैत्री र्‍याफ्टिङ प्रतियोगिता  भएको छ। तिब्बतले पहिलो पटक चीन भारत रणनैतिक महत्वको यालुचाङपु च्याङ् अर्थात् ब्रम्हपुत्र नदीमा गरेको यस मैत्रीपूर्ण स्पर्धाले नेपाल र चीनका गरी २७ जना साहसिक प्रतियोगीलाई आकर्षित गरेको छ ।

तिब्बत स्वायत्त प्रदेश, खेलकुद ब्यूरोको संयोजनमा यो इभेन्ट आयोजना गरिएको हो। तिब्बतन्यूज अनलाईनले जनाएअनुसार प्रतियोगितापछि प्रतिक्रिया दिँदै तिब्बत स्वशासित क्षेत्र, खेलकुद ब्यूरोका उपनिर्देशक निमा छिरिङले तिब्बतले प्रचूर जलश्रोतको फाइदा उठाएर यो प्रतियोगिता सम्पन्न गरेको सुनाए। उनले भने, ‘यस गतिविधिबाट खेलकुद उद्योगको विकास गर्दै विश्वस्तरीय जल खेलकुदको ब्राण्ड सिर्जना गर्नेछ भने यो स्पर्धा गरेबाट नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाईमा ल्याउन सहयोग पुग्नेछ।’

सिंगल ह्वाइट वाटर बोट रेसमा नेपाली खेलाडी दिनेशले बाजी मारे। चीनको फुचियानका ली सिन र लु लोङलोङले क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे।  नेपाली टिमका तर्फबाट  २२ वर्षीय दिनेशले पहिलोपटक चीनले गरेको प्रतियोगितामा भाग लिएकाथिए । 

तिब्बती पठारभूमि भएर बग्ने चीनकै सबैभन्दा लामो र पठारभूमिको सबैभन्दा ठूलो नदी ब्रम्हपुत्रमा र्‍याफ्टिङ स्पर्धा हुनले तिब्बतको खुलापनको संकेत गरेको छ। ब्रम्हपुत्र नदी चिनियाँ भूमिबाट सुरू भई भारत हुँदै बंगलादेशतर्फ बग्ने सामरिक महत्वको नदी हो।

 

एयरेटेट ड्रिफ्ट बोट रेसको उपाधि चीनको फूचियान चाङ्चौले जित्यो भने नेपाल दोश्रो र चीनको निङ तले तेश्रो स्थान हात पारेको छ।