14795695_1172967019459208_1049275654_o

पथरी कोशेली एच.के.
कार्तिक ७/ २०७३
मोरङको केरौन जहदामा शनिबारदेखि सुरु भएको ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप २०७३’ को उद्घाटन खेलमा आयोजक नव प्रगतिशील समाजसेवा क्लबले विजय सुरुवात गरेको छ ।

प्रतियोगिताको आयोजकले वसाहा फुटबल क्लब उदयपुरलाई ३– १ गोल अन्तरले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफको १० औं मिनेटमा आयोजकका राजेश गुरुङले गोलको खाता खोलेका थिए । दोस्रो हाफको १२ औं मिनटमा पाएको फ्रिकिकलाई आयोजकका गणेश खड्काले सानदार गोलमा परिणत गरिदिएका थिए । १५ औं मिनटमा भनें बसाहाका साउलिन लिम्बूले सान्तवना गोल फर्काए ।

१७ औं मिनटमा पुन आयोजकका गणेश खड्काले नै अर्काे गोल थपेर आफ्नो टिमलाई ३– १ स्थितीमा पुर्याए । सो खेलमा गणेश नै म्यान अफ दी म्याच भई पुरस्कृत भए ।

आइतबार (आज)को खेल न्यूस्टार फुटबल क्लब सुनसरी र पूर्व क्षेत्रीय तालिम केन्द्र सुनसरी बीच हुनेछ । प्रतियोगिताका एक कार्यक्रमकाबीच राष्ट्यि खेलकुद परिषदका पूर्वाञ्चल अध्यक्ष रविन नगरकोटीले उद्घाटन गरे ।

new

Leave a Reply

Your email address will not be published. Required fields are marked *