[et_pb_section bb_built=”1″][et_pb_row _builder_version=”3.0.60″ background_position_1=”top_left” background_repeat_1=”no-repeat” make_fullwidth=”on” use_custom_width=”on” width_unit=”off” custom_width_percent=”100%”][et_pb_column type=”4_4″][et_pb_text]

कोशेली संवाददाता
पथरी, अषाढ २० / २०७४
चार संघियतालाई पालना गरेर सञ्चार माध्यमलले समाचार सम्प्रेसरण गर्न एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

नेपाल पत्रकार मञ्च मोरङको आयोजनमा मोरङको पथरी शनिश्चरेमा मंगलबार भएको आचरसंहिता सम्बन्धी एक दिने गोष्ठीमा बोल्दै सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले समाचारलाई सन्तुलित बनाउनको लागि सञ्चार माध्यमले आचर संघियता पालन गर्न जोड दिए । पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्न आग्रह गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईले पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको संकलन र संप्रेषण सभ्य र शिष्ट रूपमा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सहसचिब सन्तोष राई, सञ्चार क्लब उर्लाबारीको अध्यक्ष घनश्याम भण्डारी, अग्रज पत्रकार जगनाथ भट्टराईले सञ्चार माध्यमले आचार संघियतालाई पालना गरि समाचार सम्प्रेषण गरे मात्र सन्तुलित हुने बताए ।

कार्यक्रममा दुई दर्जन सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Reply

Your email address will not be published. Required fields are marked *