[et_pb_section bb_built=”1″][et_pb_row _builder_version=”3.0.60″ background_position_1=”top_left” background_repeat_1=”no-repeat” make_fullwidth=”on” use_custom_width=”on” width_unit=”off” custom_width_percent=”100%”][et_pb_column type=”4_4″][et_pb_text]

करण धिताल
पथरी २० अषाढ २०७४

माेरङकाे पथरीशनिश्चरेकाे वडा नं. १० मा वडा अध्यक्षमा काङग्रेसका सागर राईले जितेका छन । एमालेकाे लाल किल्ला रहेकाे पथरीशनिश्चरेमा संबिधानकाे चुनावमा संसद चन्डी प्रसाद राई निर्वाचित हुनुभएकाे थियाे ।

पथरीशनिश्चरे वडा नं. १० मा संसद चन्डि प्रसाद राई , जिल्ला सचिवालय सदस्य टंक भण्डारी,पुर्व बिदेश बिभागका सदस्य युवराज बस्काेटा, निर्वाचित जिल्ला सदस्य युवराज खतिवडा लगायत शिर्ष नेताहरु रहेकाे वडामा काङग्रेसका राईले जितेका हुन । वडा अध्यक्ष सागर राई संसद चन्डी प्रसाद राईका छिमेकी समेत हरेका छन ।

मंगलबार संम्मकाे नतिजालाई हेर्दा वडा नं. १,२,३, र ९ मा एमालेकाे प्यानल नै बिजयी भएकाे छ भने वडा नं. ४ मा माअाेबादीकाे प्यानल र वडा नं. १० मा एक सदस्य जितेकाे छ त्यस्तै वडा नं. ८ मा काङग्रेसकाे प्यनल र १० मा वडा अध्यक्ष जितेकाे छ ।

पथरीशनिश्चरे नगरपालिकाकाे समग्र मत परिणाम हेर्ने हाे भने एमाले अगाडि रहेकाे छ । उपमेयरले ३ हजार भाेटले लिड गरेकाे छ भने मेयरले १३०० भाेटले अगाडि रहेकाे छ ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Reply

Your email address will not be published. Required fields are marked *