[et_pb_section bb_built=”1″][et_pb_row _builder_version=”3.0.60″ background_position_1=”top_left” background_repeat_1=”no-repeat” make_fullwidth=”on” use_custom_width=”on” custom_width_px=”1867px”][et_pb_column type=”4_4″][et_pb_text _builder_version=”3.0.60″]


५ जुलाई २०१७ हङ्कङ्।

गरिबीको चपेटामा पारेर श्रीमानले छाडेको पिडासंगै स्तन क्यान्सर जस्तो प्राण घातक रोगले ग्रसित भएकी थिईन दुर्गामाया ठकुरी।

उनको स्तन बाट रगत र पिप बगेको निकै लामो समय भईसकेको थियो । तर आर्थिक अवस्था कम्जोर र साथमा सानो नाबालक नानी भएकोले छोरीकोलागिपनि उनको बाच्ने ईच्छा थियो। तर उपाय केहि थिएन।

मिडिया मार्फत तस्विर सामाजिक सन्जालमा भाईरल भए लगतै हङकङमा उनको उपाचार्थ सहयोग स्वरुप फेसबुक बाटै आर्थिक सहयोग सङ्कलन भएको थियो ।

रक़म संकलनकोलागि जुनु राना र जय चाम्लिङको नेतृत्वमा दुईलाख छब्बीस हजार पाँचसय रुपैया सङ्कलन भएको थियो। 

हङकङ बाट पठाइएको उक्त सहयोग रकम नेपालमा गायिका मिना राईले क्यान्सर पीडित दुर्गामायालाई नेपाल क्यान्सर हस्पिटल ललितपुरमा गएर हस्तान्तरण गरेकि  थिईन ।

फोटो मीना राई फेसबुकबाट

हङकङ बाट प्राप्त सहयोग रकम बुझ्दै दुर्गा मायाले सहयोगी सम्पूर्णलाई धन्यवाद ब्याक्त गरेकी थीइन् । घर परिवार बाट अपहेलित भएकी दुर्गामायाको पिडा र बेदना सामाजिक सन्जालमा भाईरल भए पछी देश बिदेश बाट आर्थिक सहयोग जुट्न थालेको छ ।  आफ्नो छोरीको निम्ती बाँच्न चाहन्छु भन्दै सबै सँग सहयोगको याचना गरेकी छिन् ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Reply

Your email address will not be published. Required fields are marked *