१०  जुलाई २०१७। हङकङ
हङ्कङ स्थापनाको २० औ बार्षिक अवसर पारेर साउ कोई वानमा
हङ्कङको साउ केई वानमा फिष्टा डान्स र ईनर्जेटिक परेड भब्य रुपमा सम्पन्न भएकोछ।
हङ्कङ्का स्थानिय ,नेपाली र अन्य ३८ वटा संघ संस्थाहरुले सहभागिता जनाएको उक्त कार्यक्रममा नेपाली संस्थाहरु मध्ये एक लाङ्घाली समाज हङ्कङपनि सहभागि भएको थियो।
आआफ्नो सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेक्रममा लाङघाली समाज हङ्कङको तर्फवाट पुर्वाञ्चलको लोकप्रिय नृत्य हुर्रा नृत्य प्रस्तुत गरेका थिए।
हङ्कङ स्थापनाको २० औ बार्षिक कार्यक्रममा नेपाली संस्थापको तर्फबाट हुर्रा नृत्य प्रस्तुत गरेकोमा आयोजकको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो।
प्रसंसा पत्र पाएकोमा खु सि ब्यक्त गर्दै हुर्रा नृत्य टोली संयोजक तथा लाङघाली समाज हङ्कङ्का उपाध्यक्ष गणेश मगरले आयोजकलाई धन्यबाद दिदै आगामी दिनमा अझ नेपाली संघ सस्थाहरुबाट बढि सहभागिहुन अनुरोध गरेकाछन।
उक्त कार्यक्रममा बुद्ध नेपालमा जन्मिएकाहुन र शान्तिको देश नेपाल हो भन्ने सन्देश को ब्यानर सहित हरि श्रेष्ठ समेत कार्यक्रममा सहभागि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *