अनोज रोक्का
अषाढ २७ / २०७४

बहुप्रतिक्षित चलचित्र “म यस्तो गीत गाउँछु” हङकङमा प्रर्दशन हुने भएको छ ।

बेबी होम सहयोगार्थ प्रर्दशन गर्न लागिएको फिल्मलाई दिपक पुन, सगुन राना, देभिना आले, सुनैना राईले हङकङ प्रर्दशनको जिम्मा लिएका छन् ।

जीवनको आरोह अवरोह अनि प्रेमले राखेको मिठास अर्थ फिल्म “म यस्तो गीत गाउँछु”को थिम हो । पछिल्लो समय चर्चामा रहेका पल शाह र प्रेम गीत पहिलोबाट आफ्नो अभिनय दर्शकहरुमाझ छोड्न सफल नायीका पुजा शर्माको प्रमुख भुमिका रहेको फिल्मलाई सुर्दशन थापाले निर्देशन गरेका छन् । यहि असार ३० गते देशब्यापी प्रर्दशन गर्ने योजना बनाएको फिल्मले हङकङेली दर्शकहरुको मन जित्नेमा ढुक्क छन् आयोजकहरु ।

टे«लर, गीत संगीतबाटै युट्वको रेटिङ्मा नम्वर वान बन्दै दर्शकहरुमाझ प्रिय बनेको चलचित्र म यस्तो गीत गाउँछुमा संजय लामाको छायाङ्कन, प्रितम पाण्डेको सम्पादन, दिनेश न्यौपानेको पटकथा तथा संवाद, विश्व गौतमको कस्ट्युम डिजाईन रहेको छ ।

मन छुने प्रेममय चलचित्र निर्देशन गरि पर्याप्त चर्चा कमाएका सुदर्शनको उत्कृष्ट कलालाई यहि आईतबार जुलाई १६ तारिकका दिन याउमा तेई स्थित कम्युनिटी हलमा बेलुकी ६ बजेबाट हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *