अनोज रोक्का
श्रावण ०२ / २०७४
प्रर्दशन अगावै ‘झकास झापाली’ बोलको गीत र नृत्यबाट पर्याप्त चर्चा बटुलेको चलचित्र ‘रातो घर’ हङ्कङमा प्रर्दशन हुने भएको छ । फिल्मलाई धरान १७ समाज हङ्कङको अक्षयकोष स्थापनार्थ तथा सितोरियो कराते डो (गोर्खा कम्युनिटी) हङ्कङको कोष बृद्धिका लागि प्रर्दशन गर्न लागिएको हो ।

आईतबार जानकारी भेलाको आयोजना गर्दै धरान १७ का अध्यक्ष मधुकर राईले एक्सन, थ्रिलर, सस्पेन्स र हास्यरसले भरिपूर्ण अर्गानिक फिल्म ‘रातो घर’ मार्फत हङ्कङेली दर्शकहरुलाई मनोरञ्जनसँगै सामाजिक सहयोगका लागि अपिल गरिएको बताए । कुलत र त्यसको दुर्व्यसनमा फसेका युवाहरुको अवस्था र त्यसले निम्त्याउँने परिस्थितीलाई चलचित्र मार्फत देखाईएको छ । शन्देशमुलक फिल्मी मसलाले भरिपूर्ण फिल्मलाई हङकङेली दर्शकहरुको साथ र सहयोग मिल्नेमा ढुक्क रहेको सितोरियो कराते डो का अध्यक्ष हेम पुन मगर सुझाउँछन् ।

‘सायद’, ‘बितेका पल’, ‘बाटो मुनिको फुल’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका सुरज सुब्बा नाल्बोको बहुप्रतिक्षित चलचित्र हो ‘रातो घर’ । निर्देशन र लेखन नाल्बोकै रहेको ‘रातो घर’लाई कालो काम गर्नेहरुको सेतो कथा भनिएको छ । झापाको एउटा बस्तीमा लागुपदार्थको दुर्व्यसनमा फसेका, आवारगर्दी गर्दै हिड्ने पाँच युवक । सिमानजिकै हुने अपराध र पैसाको चलखेलमा उनीहरुको आकर्षण र त्यसले निम्त्याउँने परिणाम नै फिल्मको मेरुदण्ड हो ।

चर्चित हास्यकलाकार विल्सनविक्रम राईको समेत लगानी रहको चलचित्र रातो घरमा हरि घलेको छायाङ्कन, रोशन श्रेष्ठको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा विपिन मल्लको सम्पादन रहेको छ । फिल्ममा विल्सनविक्रम राईसँगै गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, संयम पुरी, जितेन लामा, अनुराग कुँवर लगायतको बेजोड अभिनय रहेको छ ।

महेश खड्का र डम्मर नेपालीको कर्णप्रिय संगित रहेको रातो घर यहि अक्टोबर १ तारिकका दिन हङ्कङ स्थित युङ्लोङ थिएटरमा प्रर्दशन हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *