१८ जुलाई २०१७  साउथ कोरिया मुजु।

११ औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाली टिमले ११ स्वर्ण , ६ रजत र ५ कास्य पदक प्राप्त गरेको छ।

दक्षिण कोरियाको मुजु सहरमा सम्पन्न कल्चरल एक्सपोमा नेपालले फाइटतर्फ ८ स्वर्ण र पुम्सेमा तीन स्वर्ण जितेको नेपालका हेड अफ टिम कुमार लामा घिसिङले बताएकाछन।

फोटो आलोक कुमार घिसिङ

प्रतियोगितामा पुरुषको फाइटतर्फ २२ केजीमा रोहन माझी, ३३ केजीमा उज्वल कटुवाल, ४० केजीमा प्रतिक श्रेष्ठ, ५४ केजीमा राहुल माझि, ५८ केजीमा दिविहाङ लिम्बु र ६३ केजीमा रिमन महर्जनले नेपालका लागी स्वर्ण जिते ।

पुरुषको फाइटमै ४४ वर्षभन्दामाथिको ८० केजीमा प्रेम भण्डारीले रजत पदक हात पारे । उत्कृष्ट प्रदर्शनका बाबजुत भण्डारी फाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग ट्राई ब्रेकरमा स्तब्ध भएपछि रजत पदकमै सिमित भए ।

८७ केजी तर्फको फाइटमा अनिस महर्जनले रजत पदक हातपारे भने , ३० केजीमा अविभ श्रेष्ठ र ३५ केजीमा राहुल थापामगरले कांस्य पदक जिते । महिलातर्फ फाइटको ७८ केजीमा सुमित्रा खत्रिले रजत पदक हात पारिन् ।

त्यस्तै पुरुष पुम्सेतर्फ १३ वर्षमुनि स्वरुप भण्डारी र १५ वर्षमुनि नविन श्रेष्ठले स्वर्ण पदक हात पारे ।
पुम्सेमै १४ वर्षमुनि प्रसुन तामाङले रजत र १२ वर्षमुनि अविभव शाक्यले कांस्य पदक हात पारे ।
त्यसैगरि नेपाली टोलीको हेड अफ टिम कोच समेत रहेका कुमार लामा घिसिङले ३५ वर्ष कांस्य पदक जित्न सफल भए ।

११ औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाली टिमका हेड अफ चिफ कुमार लामा घिसिङ र प्रशिक्षक नोर्बुलाई मुजु तेक्वान्दो एसोसिएसनले सम्मानपत्र प्रदान गरेको थियो । कुमार काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव र नोर्बु नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हुन् ।