१९ जुलाई, २०१७

चिनियाँ जनमुक्ति सेनाले तिब्बतको कुनलुन पर्वतभन्दा दक्षिणी क्षेत्रमा सो सामग्री पुर्‍याएको छ। भारतसँग विवाद बढ्दै गएपछि चीनले हजारौँ टन सैन्य सामग्री तथा बन्दोबस्तीका सामान तिब्बत पुर्‍याएको बताइएको छ। 

चिनियाँ जनमुक्ति सेनाको मुखपत्र पिएलए डेलीले जनाएअनुसार जुन महिनाको अन्त्यतिर चिनियाँ सेनाले सडक तथा रेलमार्गबाट ती सामग्री तिब्बत पुर्‍याएको हो।

गएको सोमबार चिनियाँ सरकारी सिसिटिभीले विवादित दोक्लम क्षेत्रनजिकै तिब्बतमा चिनियाँ सेनाले सैन्य अभ्यास सम्पन्न गरेको बताएको थियो।

त्यही सैन्य अभ्यासका लागि सामग्री तिब्बत पुर्‍याइएको थियो वा युद्धको तयारीका लागि थियो भन्नेबारे पिएलए डेलीले केही बताएको छैन।

चीन–भुटान–भारत सीमामा गत महिनादेखी जारी तनाव कम गर्न पहिले भारतले आफ्नो सेना फिर्ता बोलाउनुपर्ने सर्त चीनले अघि सार्दै आएको छ। केही अघि जर्मनीमा भएको जि२० सम्मेलनका क्रममा समेत चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न अस्वीकार गरेका थिए। यस विषयमा दुवै देशले चेतावनीयुक्त भाषामा एकअर्काको आलोचना गरेका छन्।

चीन असामान्यरुपले आक्रमक वन्दै 

 

चीन असामान्य रुपले आक्रमक: भारतिय विदेश सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *