कोशेली एच.के. डटकम
श्रावण ७  / २०७४
हङकङमा शुक्रवार राति नेपाली व्यवसायी कर्मा गुरुङमाथि चक्कु प्रहार भएको छ।

जोर्डनको होलसेल पसलबाट याउ मा तेईस्थित घरतिर फर्कने क्रममा पाकिस्तानीमूलका (एक साउथ एसियन)को समूहबाट उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

बायाँ खुट्टामा चक्कु र टाउकोमा बोटल प्रहार भएपछि रगताम्य अवस्थामा गुरुङलाई उद्धार गरि अस्पताल लगिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आइतवार सम्पन्न हुने चुनावमा गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने उनी वर्तमान कार्यसमितिका सदस्यसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *