कोशेली संवाददाता
श्रावण ७ / २०७४
नेपाली टच नाईट दोश्रोका लागि मंन्त्र ब्याण्ड सहित दर्जन कलाकारहरुको टोली हङ्कङ अवतरण गरेको छ ।

पहराई फाउन्डेशनले आयोजना गरेको कार्यक्रमका लागि युवा पुस्ता माझ चर्चित मंन्त्र ब्याण्ड आफ्नो सांगितीक समुह सहित हङ्कङ आएको हो । ब्याण्डले आफ्ना पपुलर नम्बर ‘हिमाली नेपाली’, ‘सँधै सँधै आईरहन्छ’, ‘तिम्रो सम्झनामा’ लगायत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा चर्चित मोडल तथा कुशल नृत्यगना एलिसा राई, गायक अर्लभ गुरुङ, तृष्णा गुरुङ्, उदघोषक भिमला थापा लगायतको जादूमय प्रस्तुती पनि समेट्निेछ ।

भोली आईतबार २३ जुलाईका दिन योङलोङ थिएटरमा बेलुकी ८ बजेबाट कार्यक्रम शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *