करन धिताल / पथरी

कात्तिक १०/ २०७३

मोरङको पथरी स्थित आइतबारेमा जारी छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको सेमिफाइनल खेलमा विजयी हुदै पथरी शनिश्चरे– ११ र इटहरी फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सेभेन स्टार क्लब इटहरीले वि.सी.सी दमकलाई ४ विकेटले पराजित ग¥यो । ७९ रनको झिनो लक्ष्य लिएर जबाफी ब्याटिङको लागि मैदानमा उत्रिएको इटहरीले १६ दशमलब ४ ओभरमा ६ विकेट गुमाउँदै जित हात पा¥यो । इटहरीका लागि आकाश कार्कीले ३१ रन बनाए । वि.सी.सीका संजीव मडेयाले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रेको इटहरी १८ दशमलब ३ ओभरमा ७८ रनमा समेटियो । वि.सी.सीका राकेश खत्रीले १७ रन बनाए । इटहरीका लागि म्यान अफ द म्याच समेत घोषित विधान चन्द्र गोस्वामीले ४ तथा रोविन सिंहले ३ विकेट लिए । यस्तै बुधबारनै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा न्यू दमक क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्र्दे पथरी शनिश्चरे–११ ले इटहरी संगको फाइनल भेट पक्का गरेको छ । न्यु दमकले प्रस्तुत गरेको ९३ रनको झिनो लक्ष्य पथरीले १२ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा ग¥यो । पथरीका राजु राइले अविजित ४५ रन बनाए । दमकका टिकाराम पंडितले ३ विकेट लिए ।

14813692_951761551595819_1510179393_n

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यू दमकले २० ओभर पूरै ब्याटिङ गर्दे ९ विकेटको क्षतिमा मात्र ९२ जोड्यो । दमकका विकी केसरीले १९ रन बनाए । पथरीका लागि म्यान अफ द म्याच समेत घोषित समुन लिम्बुले ४ विकेट लिए ।

प्रतियोगिताको फाइनल खेल विहिवार विहान श्री जनता उच्च मा.वि को प्राङ्गणमा बिहान ११ बजेबाट फाइनल खेल हुने प्रतियोगिता संयोजक हेमन्त ओझाले जानकारी दिनुभयो ।

14881399_951762614929046_1783987718_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *