करण धिताल /पथरी,

कात्तिक १२ / २०७३

मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा पथरी ११ लाई ३३ रनले पराजित गर्दै इटहरीले उपाधी उचालेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४१ रन बनाएको थियो । इटहरीका लागि अफजल हुसेनले ३४ फिरोज आलमले ३२ र अजय राजवंसीले २८ रन बनाए । पथरीका जय बोहोराले १८ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । जवाफमा इटहरीले दिएको १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएर व्याटिङ गरेको पथरी १९ ओभरमा मात्र १ सय ८ रनमा समेटियो । पहिलो विकेटका लागि महेश कार्की र विनोद श्रेष्ठले ४९ रनको साझेदारी गरेपनि त्यसपछि कुनै राम्रो साझेदारी बन्न नसक्दा पथरी पराजित हुन पुग्यो । पथरीका लागि विनोद श्रेष्ठले २६, महेस कार्कीले २५ र सुमन लिम्बुले १८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर गर्न सकेनन् । इटहरीका फिरोज आलम र रविन सिंहले समान तीन तीन विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच समेत इटहरीका फिरोज आलम घोषित भए । त्यस्तै म्यान अफ द सिरिज पथरीका सुमन लिम्बु, उत्कृष्ट बलर पथरीका जय बोहोरा, उत्कृष्ट ब्याट्समेन पथरीकै फडिन्द्र दाहाल र उत्कृष्ट फिल्डर विरेन्द्रनगर क्रिकेट क्लब सेतोका चेतन खतिवडा घोषित भए ।

14907712_953489951422979_605632635_o

प्रतियोगिताको उपाधी जितेको सेभेन स्टार क्लब इटहरीले ट्रफी, मेडल र प्रमाणपत्र सँगै नगद २५ हजार तथा उपविजेता बनेको पथरी ११ ले नगद १५ हजार सँगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

कात्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी १७ टोलीको सहभागिता रहेको थियो ।

14858723_953489851422989_473893918_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *