दशैंको शुभकामना आदनप्रदान गर्दै हङ्कङेली नेपाली दिदीबहिनीहरु तस्विर ः मज्जाको राई
दशैंको शुभकामना आदनप्रदान गर्दै हङ्कङेली नेपाली दिदीबहिनीहरु   तस्विर : मज्जाको राई

अनोज रोक्का
“यस पाली पनि परदेशमै बित्ने भो, दशैं तिहार”
थानक चलचित्र ‘देश देखी विदेश’ मा गायक रामकृष्ण ढकालले गाएको यो मार्मिक गित प्रवासी सवै नेपालीहरुको बर्तमान र भविष्य बनिरहेको छ ।

“अव आउँने दशैंमा घर जान्छु, कसै गरि पनि आउँने तिहारमा दिदीबहिनीको हात खाली राख्दिन, नभेट्एिका अनगिन्ति साथीभाई र प्रिय लाग्ने त्यो गल्ली र घरहरुमा देउसुरे घन्काउँछु” यस्तै सपना साँच्छन् सवैले तर जव आउँछ त्यो पल फेरी पनि बिदेशी भूमि अनि त्यहाँको ब्यस्तताले बाध्य बनाउँछ अर्का सपना बुन्न । यहि परिस्थिती बीच हङ्कङमा पनि गुज्रियो यसपालीको दशैं तिहार ।

हामी नेपाली संसारको जुनसुकै कुनामा गएपनि आफ्नो जाती, भाषा, संस्कृतिलाई साथै लगेर जान्छौ हङ्कङमा पनि स्थापना भएका सयौं संख्यामा जातीय, धार्मिक, सम्प्रदायीक संघ, संस्थाहरु छन् तिनीहरु सवैले आफ्नै आफ्नै प्रकारले दशैं र तिहार मनाए । आफन्तजन, साथीभाई भेटघाटसँगै खानपिन, नाँच गरि एक आपसमा शुभकामना आदनप्रदान गरे । एकदिन भएपनि रमाउँनुको मज्जा नै बेग्लै बियरको चुस्कीसँगै एक सहभागी बोल्छन् हङ्कङको ब्यस्त दैनिकी अनि दिनचर्याले हरेक दिन खुसीहरु कहाँ हराउँछ हराउँछ, बल्ल बल्ल आएको चाडबाडले पनि यो अवसर जुराउँने रहेछ ।

दशैं टिकाको दिनमा निधारभरि रातो र सेतो टिका लगाएर हिड्ने मानिसहरुको जमात पनि हङ्कङको सडकहरुमा देखियो । परिवारका मान्यजनहरुबाट टिका ग्रहण गर्दै लाईसी (दक्षिणा) बोकेर प्रफुल्ल मुद्रामा हिडेका नेपालीहरुले बिदेशी भूमि मै भएपनि दशैंको झल्को दियो । दशैंलाई मध्यनजर गर्दै आयोजना गरिएका बिभिन्न कार्यक्रमहरुमा खानपिन, भेटघाटसँगै गरिएका रमाईलो क्षणहरु दशैंभरि सामाजिक सञ्जालको भित्ताहरु रंगिए ।

हङ्कङमा तिहार आउँनु अघि देखि नै यसको उत्साह र चहलपहल बढिरहेको छ । संघसस्थाहरुले देउसीभौलो कार्यक्रमको आयोजना गरि रमाईलोसँगै संस्थाको प्रगतिको लागि आर्थिक संकलन पनि गरिरहेका छन् । द्यौसी, भैलो बाटै म्याग्दी प्रवासी नेपाली संघ हङ्कङ (मोना) ले देउसी भैलोबाटै दुई लाख पाँच सय हङ्कङ डलर (करिब चालिस लाख रुपियाँ) संकलन ग¥यो, उक्त रकम महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविष्कार केन्द्रको निम्ति खर्च गरिने छ ।

मन नै त हो, बुझाउँनका लागि केहि न केहि त गर्नै प¥यो,

दशैं, तिहारको रमाईलोमा देश झुमिरहेको छ, आफन्तले परदेशी नआएको पीडामा आँशु लुकाउँदै चाड मनाईरहेका छन् । हङ्कङ्ेली नेपालीहरुले जसरी रमाउँने प्रयास गरे अवश्य त्यसले प्रवासमा पनि हाम्रो खुसी र चाडपर्वलाई जिवीत राख्यो । ब्यस्तता बीच समय ब्यवस्थापन गरेर एक आपसमा भएको भेटघाट र नेपाली संस्कृतिप्रतिको सम्मान, मात्र रमाईलो र मन बुझाउँने बाहना होईन यो त नयाँ पिढीहरुका लागि गतिलो पाठ हो, जसले हामीबीचको एकता र संस्कृतिलाई युगौयुग कायम राख्दछ ।

तस्बिर : मज्जाको राई
२९ अक्टोबर २०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *