14975796_1122506857817459_1008547288_o

अनोज रोक्का

१२ नोभेम्बर /२०१६
मेरी बास्सैका कलाकारद्धय बिनोद राई (घ्याम्पे सुब्बा) र यादव देवकोटा (सरापे) को प्रस्तुतीले आईतबार हङ्कङेली दर्शकहरुलाई पेट मिची मिची हसाँयो । समसामयिक बिषयमा ब्याङ्ग्य सहितको प्रहसन मार्फत घ्याम्पे र सरापेले दर्शकहरुको वाहवाही बटुले ।

तिनँहु परिवार हङ्कङको प्रस्तुती रहेको “तिनँहु साँझ चौथो” मा कोमल ओलीको प्रस्तुतीले पनि दर्शकहरुलाई शान्तसँग बस्न दिएन । कोमलले आफ्ना चर्चित आधा दर्जन गित मार्फत दर्शकहरुलाई नाच्न बाध्य तुल्याईन ।

हङ्कङ स्थित युङ्लुङ थिएटरको भब्य सेटमा सम्पन्न कार्यक्रममा कर्म ब्याण्ड, गायक सञ्जिव सिंह, डान्सर शोनी गुरुङ्, रोमी गुरुङ् लगायतको पनि प्रस्तुती रहेको थियो । निकै लामो समय पछि स्टेजमा देखिएको कर्म ब्याण्ड र भोकलिष्ट सुरेन्द्रमान सिंहको प्रस्तुतीलाई पनि दर्शकहरुले खुलेर साथ दिए । ‘चुलेसीमा’, ‘मुगलान हेर जाँदैछु’ लगायत चर्चित गित मार्फत गायक सञ्जिव सिंहले पुरानो क्रेजलाई ताजर्की दिए ।

तस्बिर : जे.पे.टी एच.के

14964159_1122506837817461_481543221_o 14962512_1122506861150792_843639788_n 14938112_577409072456467_4079717156022230579_n 14937825_1122506854484126_1730909501_n 14908321_577409312456443_8860092429180413278_n