६ जुलाई २०१७ चितवन
अनेकौ अडकलवाजी र लामो खिचातानीका विच भरतपुर महानगरपालिकाले मेयर पाएको छ। एक अर्कालाई आरोप र प्रत्यारोप विच मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको घोषणा गरेको थियो ।

भर्खरैको परिणाम अनुसार विवादास्पद घटनाक्रम र पछि परेको अवस्थालाई उल्ट्याउँदै महानगरकी पहिलो महिला मेयरमा रेणु दाहाल निर्वाचित भएकिछिन।
माओवादी-कांग्रेस गठबन्धनकी रेणुले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका छन्।
रेणुले देवीलाई २०३ मतले पछि पार्दै विजय हात पारिन्।त्यसैगरि
भरतपुरको उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएकी छन्। पार्वतीले ४७ हजार १९२ मत प्राप्त गरेकी छन्। यससँगै भरतपुर मेयर र उपमेयर दुवै पदमा महिला निर्वाचित भएका छन्। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *