गणेश मगर
श्रावण २२ / २०७४
जानबी थापाको आवाजमा नयाँ गीत “तिमीले दिएको पिडालाई स्विकार्दै” सार्वजनिक भएको छ । भारत को आसाम स्थाई घर भइ हाल हङकङमा बसोबास गर्दै आएकी जानबीको सुमधुर स्वर र सार्वजनिक भिडियोले नेपाली संगितमा बलियो सम्भावना देखाएको छ ।

मनु कन्दङ्वाको रचना दिनेश सुब्बाको संगित र एरेन्जमा तयार भएको गीतको भिडियोमा श्री गुरुङ् र गायीका जानबी स्वयंमको मोडलिङ् देख्न सकिन्छ ।

“प्रेममा सवै चिज प्रिय हुन्छ, माया होस् या धोका । जब धोका पाईन्छ त्यो पिडा अनि चोटलाई सहर्स स्विकार्ने प्रेम नै अमर हो । यहि थिममा गीत बनेको छ”  भिडियोले गीतलाई अझ जिवन्त बनाएको छ ।

मिन बिष्टको मिक्सिङ, मास्टरिङ्मा तयार भएको भिडियोलाई हङ्कङेली दर्शकहरुको साथ मिल्ने पक्का छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *