अनोज रोक्का
श्रावण २० / २०७४
ङ्कङको स्थानिय मल्टिप्लेक्स थिएटरमा चलचित्र लप्पन छप्पन प्रर्दशन भएपछि पर्याप्त चर्चा र प्रशंसा पाएको डिटु ईन्टरटेन्मेन्टले अर्को नेपाली चलचित्र “कारखाना”को प्रर्दशन गर्ने भएको छ ।

अमरदिप सापकोटा निर्देशित फिल्म ‘कारखाना’, सिनेमा सिटी, लाङ्हाम प्यालेस मङ्कोकको भब्य डब्ली डिजीटल थिएटरमा प्रर्दशन हुनेछ । फिल्ममा बलिष्ट शरिरका धनी नायक सुशिल श्रेष्ठ, बर्षा शिवाकोटीका साथमा मौसमी मल्ल, जेविका कार्की, विकाश उप्रेती, नविन लम्साल, सुपी थापा, रजक शाही, सौगात धिताल, घनश्याम गिरी, सुजिता केसी, प्रकाश घिमिरे लगायतको बेजोड अभिनय हेर्न सकिन्छ ।

‘कारखाना’मा सरोगेसीको कथालाई फरक तवरले पर्दामा उत्तारिएको छ । फिल्मको ‘मायाले बोलेको बोली मिठो भो’ गीत प्रर्दशन अगावै चर्चित बनेको थियो । अल नेपाल रिलिज भईसकेको फिल्म कारखानाले आशातित ब्यापार गर्न सकेन । एकैसमयमा धेरै फिल्मको प्रर्दशनले पनि फिल्मको ब्यापारलाई असर पारेको निर्माता पक्षको दाबी छ ।

तथापी उत्कृष्ट छायाङ्कन, गीत संगित र कलाकारहरुको अभिनयको प्रशंसा चौतर्फी भईरहेको छ । प्राविधिकरुपमा फड्को मारेको फिल्म कारखानाले हङ्कङेली दर्शकहरुलाई पर्याप्त मनोरञ्जन दिने ईन्टरटेन्मेन्टका केन्जो राई र धर्मराज मगर बताउँछन् ।

सुदिप खड्का र अमर बज्रचार्यको संयुक्त लगानीमा निर्मित फिल्म ‘कारखाना’ यहि १९ अगस्ट २०१७ का दिन बेलुकी ९ः ३० बाट प्रर्दशन हुनेछ ।