करण धिताल
श्रावण २६ / २०७४
मोरङको पथरी स्थित एभरेष्ट माविमा जिपिएस कमेडियन जोडीको सहयोगमा गाईजात्रा २०७४ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विद्यालय परिसरमा आयोजित सो कार्यक्रममा जिपिएस कमेडियन जोडीका गणेश भट्टराई,सुजन ढकाल र प्रविन कोइरालाले समसामयिक विषयवस्तुलाई समेटेर व्यंग्य प्रस्तुत गरेका थिए ।

उनीहरुले देशमा विद्यमान राजनीतिक परिवेश,कलाकारिता क्षेत्रका विषयमा सामग्री तयार पारेर व्यंग्य प्रस्तुत गरे । विद्यालयको सभाहलमा आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य,गायन,नाटक लगायतका प्रस्तुति समेत देखाएका थिए ।

कार्यक्रममा कमेडियन सुजन ढकालले विद्यार्थीहरुलाई लक्षित गरी म्याजिक समेत देखाए ।